×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

आईपीएल : बेंगलोरलाई पराजित गर्दै दिल्ली क्वालिफायरमा

१८ कार्तिक २०७७

१८ कात्तिक, एजेन्सी ।
रोयल च्यालेन्जर्स बेंगलोरलाई पराजित गर्दै दिल्ली क्यापिटल्स इन्डियन प्रिमियर लिग (आईपीएल)को क्वालिफायरमा पुगेको छ । सोमबार राती बेंगलोरलाई ६ विकेटले पराजित गर्दै दोस्रो स्थानमा रहँदै दिल्ली लगातार दोस्रो सिजन प्लेअफमा पुग्न सफल भएको हो ।

यो हारका बाबजुद बेंगलोर पनि प्लेअफमा पुगेको छ । कोलकाता भन्दा नेटरनरेटले अघि रहेपछि बेंगलोरले प्ले अफमा स्थान पक्का गरेको हो ।

Advertisement
Advertisement


सोमबार शेख जायद स्टेडियम आबूधाबीमा भएको खेलमा जितको लागि १ सय ५३ रनको विजयी लक्ष्य पछ्याएको दिल्लीले १९ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्यो । दिल्लीको जितमा अजिंक्या रहाणेले ४६ बलमा ५ चौका र १ छक्का सहित सर्वाधिक ६० रनको महत्वपूर्ण योगदान दिए ।

दोस्रो ओभरको पाँचौ बलमा मोहम्मद शिराजले ओपनर पृथ्वी शालाई ९ रनमा बोल्ड आउट गर्दै बेंगलोरलाई पहिलो सफलता दिलाएका थिए । दोस्रो विकेटका लागि शिखर धवन र अजिंक्या रहाणेले ८८ रनको साझेदारी गर्दै जितको आधार तय गरेका थिए । यी दुईबीचको साझेदारी १३ औं ओभरको चौथो बलमा शहबाज अहमदले धवनलाई शिवम दुबेबाट ५४ रनमा क्याच आउट गराउँदै तोडे । धवनले ४१ बलमा ६ चौका प्रहार गरे । कप्तान श्रेयस ऐर ७ रनमा क्याच आउट भए । ऋषभ पन्त ८ र मार्कस स्टोइनिस १० रनमा अविजित रहे ।

बेंगलोरका शहबाज अहमदले ४ ओभरमा २६ रन खर्चेर २ विकेट लिए । मोहम्मद शिराज र वासिन्टन सुन्दरको नाममा एक एक विकेट रह्यो ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको बेंगलोरले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ५२ रन बनाएको थियो । बेंगलोरका लागि ओपनर तथा युवा ब्याट्सम्यान देवदत्त पाडिक्कलले ४१ बलमा ५ चौका सहित सर्वाधिक ५० रनको योगदान दिए ।


बेंगलोरले दिल्लीविरुद्ध मध्यम सुरुवात गरेको थियो । ओपनर जोश फिलिपे र देवदत्त पाडिक्कलले पहिलो विकेटका लागि ४।१ ओभरमा २५ रनको साझेदारी गरेका थिए । तीव्र गतिका बलर कागिसो रबाडाको बलमा ठूलो सट खेलेका फिलिपे पृथ्वी शाबाट १२ रनमा सहज क्याच आउट हुन पुगे । फिलिपेले १७ बलमा १ चौका प्रहार गरे ।

तेह्रौं ओभरको तेस्रो बलमा स्पिनर रविचन्द्रन आश्विनले कप्तान विराट कोहलीलाई मार्कस स्टोइनिसबाट २९ रनमा क्याच आउट गराए । छक्काको धुनमा ठूलो सट खेलेका कोहली मिड विकेटमा समातिन पुगेका थिए । कोहलीले २४ बलमा २ चौका र १ छक्का प्रहार गरे ।

दोस्रो विकेटका लागि कोहली र पाडिक्कलले ५७ रनको साझेदारी गरेका थिए । १६ औं ओभरको चौथो बलमा एनरिच नोर्कियाले देवदत्त पाडिक्कललाई बोल्ड आउट गरेका थिए । पाडिक्कल ठूलो सट खेल्ने धुनमा बिट भएपछि बोल्ड आउट हुन पुगेका थिए । दुई बलपछि क्रिस मोरिस ऋषभ पन्तबाट शून्यमा क्याच आउट भए । मोरिस टप एज लागेर पन्तबाट समातिन पुगेका थिए ।

शिवम दुबे ११ बलमा २ चौका र १ छक्का सहित १७ रनमा क्याच आउट भए । कागिसो रबाडाको १९ औं ओभरको अन्तिम बलमा ठूलो सट खेलेका दुबे अजिंक्या रहाणेबाट क्याच आउट भएका थिए । पाँचौ विकेटका लागि दुबे र डी भिलियर्सले १८ बलमा ३३ रनको साझेदारी गरेका थिए ।

एबी डिभिलियर्स २१ बलमा १ चौका र २ छक्का सहित ३५ रनमा रन आउट भए । अन्तिम ओभरको दोस्रो बलमा दुई रन लिने प्रयासमा असफल हुँदा रन आउट हुन पुगेका थिए । इसिरु उडाना ४ रनमा क्याच आउट भए ।


एनरिच नोर्कियाले ४ ओभरमा ३३ रन खर्चेर ३ विकेट लिए । रविचन्द्रन आश्विनले ४ ओभरमा १८ रन खर्चेर १ विकेट लिए । कागिसो रबाडाले ४ ओभरमा ३० रन खर्चेर २ विकेट लिए ।

दिल्ली लगातार दोस्रो पटक क्वालिफायरमा पुगेको हो । गतवर्ष दिल्ली क्वालिफायरमा चेन्नई सुपर किंग्ससँग पराजित हुँदै बाहिरिएको थियो । सन् २०१२ मा पनि दिल्ली प्ले अफमा पुगेको थियो । सन् २००८ र २००९ मा दिल्लीले सेमिफाइनलबाट बाहिरिएको थियो ।

Advertisement

मुम्बई यसअघिनै क्वालिफायरमा पुगेको थियो । पहिलो क्वालिफायरमा फाइनलमा स्थान बनाउन बिहिबार मुम्बई र दिल्ली भिड्ने छन् । शुक्रबार तेस्रो र चौथो स्थानमा रहेका टोली एलिमिनेटर खेल खेल्नेछ । मंगलबार हैदराबाद मुम्बईविरुद्ध विजयी भएमा प्ले अफमा पुग्नेछ । पराजित भएमा कोलकाताले प्ले अफमा स्थान बनाउने छ । हैदराबाद पराजित भएमा एलिमिनेटरमा कोलकाता र बेंगलोर भिड्ने छन् ।

भर्खरको समाचार

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

सम्बन्धित खबरहरु

Scroll to Top