नयाँ धान खरिद कार्य शुरु

१८ कात्तिक २०७७, मंगलबार
Share this
742shares

१८ कात्तिक, सुदूरपश्चिम।

Advertisement

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय धनगढीले कैलालीमा नयाँ धान खरिद कार्य साेमबारबाट शुरु गरेको छ । प्रमुख जिल्ला अधिकारी संयोजक रहेको स्थानीय प्राथमिक खरिद समितिको बैठकले गरेको निर्णयबमोजिम किसानको धान खरिद कार्य शुरु गरिएको कार्यालयका प्रमुख अनिल श्रेष्ठले जानकारी दिए ।

जिल्लाको मोहनपुर र टीकापुरमा रहेको कम्पनीको आफ्नै गोदाममा काँटा सञ्चालन गरी आजैबाट नयाँ धान खरिद शुरु गरिएकामा सत्ती, भजनी र जोशीपुरमा एक÷दुई दिनमा खरिद कार्य शुरु हुन लागेको श्रेष्ठले बताए ।

Advertisement

सरकारले तोकेको समर्थन मूल्यमा कम्पनीले नयाँ धान खरिद गर्न लागेको हो । सरकारले मोटो धान प्रति क्वीन्टल रु दुई हजार ७३५ समर्थन मूल्य तोकेको छ । कम्पनीले यस वर्ष छ हजार ५०० मे.टन (६५हजार क्वीन्टल) धान खरिद गर्ने लक्ष्य राखेको छ । गत वर्ष ५०हजार क्वीन्टल धान खरिद गरिएको थियो ।

कम्पनीले धान खरिदको व्यवस्था समयमै नगर्दा आजसम्म स्थानीय साना किसानलाई घर खर्चको व्यवस्था गर्नका लागि प्रति क्वीन्टल रु दुई हजारमा व्यापारीलाई बिक्री गर्नुपर्ने वाध्यता रहेको थियो । सरकारी कार्यालयले समयमै धान खरिदको व्यवस्था नगर्दा आफूले दशैँमा घर खर्च जुटाउनका लागि व्यापारीले भनेको भाउमा धान बेच्न बाध्य भएको धनगढीका किसान रामदीन चौधरीले गुनासो गरे ।

Advertisement

अनुकूल मौसमका कारण यस वर्ष जिल्लामा धान उत्पादन गत वर्ष भन्दा वृद्धि भएको अनुमान गरिएको छ । कृषि ज्ञान केन्द्र कैलालीका प्रमुख खगेन्द्रप्रसाद शर्माले डुबानबाट प्रभावित क्षेत्रबाहेक जिल्ला भरीको उत्पादन यस वर्ष गत वर्षभन्दा केही वृद्धि भएको अनुमान गरिएको बताए ।

डुबानको समस्याका कारण भजनी र जानकीनगरलगायतका क्षेत्रमा गरिएको जग्गाको धानवाली नष्ट भएको थियो । जिल्लामा झण्डै ७० हजार हेक्टर जग्गामा वर्षे धान खेती हुँदै आएकामा उत्पादकत्व प्रति हेक्टर तीन दशमलव पाँच मे.टन रहेको छ ।रासस

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top