×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

कांग्रेस सांसद सूर्यबहादुर केसीको निधन

१८ कार्तिक २०७७

१८ कात्तिक, पोखरा ।

प्रतिनिधि सभाका सदस्य तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य सूर्यबहादुर केसीको निधन भएको छ । कास्कीबाट प्रतिनिधित्व गरेका सांसद केसीको ६३ वर्षकाे उमेरमा सोमबार राति निधन भएको हो । उनी लामो समयदेखि मधुमेह र प्रेसरका बिरामी थिए ।

Advertisement
Advertisement

केसीको पोखरास्थित घरमै निधन भएको पारिवारिक स्रोतले जनाएको छ । लामो समय राष्ट्रिय प्रजातन्त्र पार्टीको राजनीति गरेका केसी निर्वाचनको मुखमै नेपाली कांग्रेस प्रवेश गरेका थिए ।

कांग्रेसबाट समानुपातिक कोटामा प्रतिनिधि सभा सदस्य बनेका केसी पोखराका पूर्व प्रधानपञ्च पनि हुन् । पहिलो संविधान सभाको निर्वाचनमा उनी राप्रपाबाट समानुपातिक सांसद बनेका थिए ।

नेपालकै प्रतिष्ठित उद्योगीका रुपमा चिनिएका केसी नेपाली चाउचाउ उद्योगका पायोनियर हुन् । हिमश्री फुड्सका अध्यक्ष केसीकै अगुवाइमा नेपालमै मात्र नभएर दक्षिण एसियामै पहिलो चाउचाउ उत्पादन सुरु भएको थियो ।

रारा चाउचाउ दक्षिण एसियाकै पहिलो मानिन्छ । त्यसको केही महिनापछिमात्र भारतमा म्यागी चाउचाउको उत्पादन सुरु भएको थियो ।

Advertisement

उनको मंगलबार बिहान ९ः३० बजे अन्तिम संस्कार हुने पारिवारिक स्रोतले बताएको छ ।

भर्खरको समाचार

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

सम्बन्धित खबरहरु

Scroll to Top