Nepal Times
Nepal Times
3
Shares

वरिष्ठ संगीतकार उदय शमशेर राणाको अमेरिकामा निधन

वरिष्ठ संगीतकार उदय शमशेर राणाको अमेरिकामा निधन

१८ कार्तिक, विराटनगर ।
वरिष्ठ संगीतकार उदय शमशेर राणाको निधन भएको छ ।

नारायणगोपाल र गोपाल योञ्जनका समकालीन, मीतज्यू नाइटका एक वाद्यवादक राणाको गएराति अमेरिकामा निधन भएको हो ।

उदय शमशेरको संगीतमा प्रेमध्वज प्रधान, उदीतनारायण झा, हेमगोपाल, मधु क्षेत्री, प्रकाश श्रेष्ठ, मीरा राणा, उर्मिला मानन्धर, प्रदीपराज पाण्डे लगायत धेरैले स्वर दिएका छन् ।

संगीतकार राणाका श्रीमती, दुई छोरा र एक छोरी छन् ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.