नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव

१७ कात्तिक ७७, मंगलबार

१८ कार्तिक, विराटनगर ।
नेपालमा पश्चिमी वायुको प्रभावका कारण देशभरको मौसम प्रभावित भएको छ।

Advertisement

काठमाडौं उपत्यकासहित केही पहाडी क्षेत्रमा हल्का वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले मंगलबार र बुधबार पश्चिमि वायुको प्रभाव रहने जनाएको छ।

“यो बलियो प्रणाली छैन, बिहीबारबाट मौसम सफा रहनेछ,” महाशाखाकी मौसमविद् मञ्जु बासीले भनिन्। मनसुनको समय जेठदेखि असोजसम्म हावाको बहाउ सामान्यतया पूर्वबाट पश्चिमतर्फ हुन्छ।

Advertisement

हिउँदमा भने पश्चिमबाट पूर्वतर्फ बहन्छ। जाडो याममा बहने पश्चिमी वायुले नेपालमा हिमपात गराउँछ। तर, यसपालीको पश्चिमी वायुको ठूलो प्रभाव नरहेकाले अन्नबालीलाई नोक्सान गर्ने सम्भावना कम रहेको महाशाखाले जनाएको छ।

प्रशान्त महासागरको तापक्रममा आउने घटबढले पश्चिमी वायुको प्रभावित हुन्छ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top