उखु किसानको बक्यौता नतिर्ने उद्योगी खोजी गरिदिन गृहलाई पत्राचार

१८ कात्तिक ७७, बुधबार

१९, कात्तिक, काठमाडौं ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले उखु किसानको बक्यौता नतिर्ने उद्योगी खोजी गरिदिन गृह मन्त्रालयलाई पत्राचार गरेको छ ।

उद्योग मन्त्रालयले गत वर्ष माघ १८ मा उखु किसानसंग भएको सम्झौता बमोजिम किसानलाई रकम भुक्तानी गरेको विवरण नबुझाउने उद्योगी खोजिदिन गृहसँग सहयोग मागेको हो ।

Advertisement

मन्त्रालयकी सहप्रवक्ता उर्मिला केसीले केही उद्योगीले किसानलाई पैसा दिएको र केहीले पैसा दिन बाँकी रहेको बुझिएको बताउँदै भनिन् – ‘किसानलाई भएको भुक्तानीको सबै विवरण पनि हामीलाई प्राप्त भएको छैन, त्यसैले उद्योगीलाई बोलाइएको हो ।’

मन्त्रालयका अनुसार अन्नपूर्ण, इन्दिरा, महालक्ष्मी र श्रीराम सुगर मिलका सञ्चालकलाई सम्पर्कमा ल्याइदिन उद्योग मन्त्रालयले पत्राचार गरेको हो ।

Advertisement

किसानले गत वर्ष पुसमा काठमाडौंमा गरेको लामो आन्दोलनपछि उद्योगीबाट किसानले लिन बाँकी रकम उठाइदिने सहमति उद्योग मन्त्रालयले गरेको थियो । पुस १८ गते उद्योगीले मन्त्रालयमा गरेको प्रतिबद्धताअनुसार माघ ७ गतेसम्म उद्योगीले सबै बक्यौता रकम किसानलाई तिर्नुपर्ने थियो ।

मन्त्रालयले किसानसंग गरेको सहमतिअनुसार माघ ६ गतेसम्म महालक्ष्मी सुगर मिलले ११ करोड ५० लाख, अन्नपूर्णले ३ करोड ९० लाख र इन्दिरा सुगर मिलले ७४ लाख रुपैयाँ भुक्तानी गरेको विवरण मन्त्रालयसंग छ ।

इन्दिरा र अन्नपूर्ण सुगर मिलका सञ्चालक राकेश अग्रवाल हुन् भने महालक्ष्मी सुगर मिलका सञ्चालक वीरेन्द्र कनोडिया हुन् । उक्त भुक्तानीपछि इन्दिरा र अन्नपूर्णले किसानलाई २१ करोड ३८ लाख तथा महालक्ष्मी सुगर मिलले १० करोड ९० लाख रुपैयाँ र गोल्छा समूहले सञ्चालन गरेको श्रीराम सुगर मिलले २७ करोड रुपैयाँ किसानलाई भुक्तानी दिन बाँकी रहेको मन्त्रालयले जनाएको छ ।

Advertisement

भर्खरको समाचार

बालेन शाह र EVM ले ततायो रास्वपाको महाधिवेशन

PM Balen Shah_-194

नेपाल अमेरिकाको ‘निगरानी थलो’ रुमुख्य ध्यान तिब्बती शरणार्थीमा

c547005d-c2fa-416d-ab48-e688406363ff

कतारले उपहार दिएको बोइङ कस्तो बन्यो ? ट्रम्पले देखाए

260619-air-force-one-mn-1625-c97bb6

कोशी प्रदेशमा देखियो यस वर्षको मनसुन

mausam-2075-12-18-768x388

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

सम्बन्धित समाचार

Scroll to Top