नागढुंगा–नौबीसे सुरुङमार्ग निर्माणले गति लिँदै

१९ कात्तिक ७७, बिहीबार

काठमाडौं : कोरोना नियन्त्रणका लागि लगाइएको बन्दाबन्दी र निषेधाज्ञा अन्त्य भएसँगै नागढुंगा–नौबीसे सुरुङमार्ग निर्माणले गति लिन थालेको छ । सुरुङमार्ग निर्माणको ठेक्का पाएको हाज्मा÷आन्दो कर्पोरेशनबाट प्राविधिक टोली र मेशिन उपकरण आएसँगै सुरुङमार्गको प्वाल खन्ने काम अबको २ हप्ताभित्र शुरू गर्ने तयारी छ ।

नागढुंगा–नौबीसे सुरुङमार्ग आयोजनाले सुरुङमार्गको पश्चिमतर्फबाट (सिस्नेखोला) प्वाल खन्न शुरू गर्नेछ । पछि पूर्वी अर्थात् काठमाडौंको थानकोटतर्पmबाट पनि शुरू गरी दुवैतिरबाट प्वाल खनिने आयोजनाका कायममुकायम (कामु) आयोजना प्रमुख नरेशमान शाक्यले जानकारी दिए ।

कोरोनाका कारण आयोजना स्थल तथा प्राविधिक, मेशिनहरू ल्याउन र फिल्डमा काम गर्न ढिलाइ हुँदा सम्झौताअनुसारको समयतालिका प्रभावित भएको थियो । त्यसलाई समेत समेट्ने गरी अहिले काम भइरहेको उनले बताए ।

Advertisement

‘तालिकाअनुसार काम गर्न केही ढिलाइ भएको छ । तर, त्यसकै कारण सम्झौता अवधि लम्बिन सक्ने सम्भावनालाई अहिले नै व्यवस्थापन गरी निर्माणलाई अघि बढाउने लक्ष्य हाम्रो हो,’ शाक्यले भने, ‘अहिलेसम्मको काम हेर्दा समय थप गर्नुपर्ने सम्भावना देखिएको छैन ।’ सडक विभागसँग भएको सम्झौताअनुसार सुरुङमार्ग ४२ महीनामा सम्पन्न गरिसक्नुपर्नेछ ।

अहिले सिस्नेखोलालाई डाइभर्ट गर्ने र सोही साइटतर्फ सुरुङमार्गको प्वाल खन्नका लागि बक्स ब्रिज तयार भएको छ भने पूर्वतर्फ कल्भर्टहरू बनाउने, पहुँच मार्ग बनाउनेलगायत कामहरू भइरहेका छन् । ड्रिलिङ गर्ने काम पनि भइरहेको छ । यसका लागि जापानबाट २० जनाजति प्राविधिक आइरहेको र सोही संख्याका प्राविधिकहरू ल्याउनका लागि अनुमति दिने तयारी गरिएको आजको आर्थिक अभियान दैनिकमा खबर छ ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top