तान्जानियाका नवनिर्वाचित राष्ट्रपतिद्वारा शपथ

२० कात्तिक ७७, शुक्रबार

२१ कात्तिक, तान्जानिया।

अफ्रिकी मुलुक तान्जानियाको राष्ट्रपति पदमा निर्वाचित जोन मागुफुलीले बिहीबार कडा सुरक्षाबीच शपथ ग्रहण गरकेा छन्। विपक्षीहरुले भने चुनावमा व्यापक धाँधलीको आरोप लगाउँदै पुनः निर्वाचन गराउन माग गरेका छन् ।

राष्ट्रपति मागुफुलीले गएसाता आफू अर्को कार्यकालका लागि उम्मेदवार नहुने बताएका थिए। सत्तारुढ पार्टीले तान्जानियाको संसदको सबैजसो स्थान जितेको छ । संसदले तान्जानियाको संविधान संशोधन गरी दुई पटकभन्दा बढी राष्ट्रपति हुन नपाउने प्रावधान हटाउने बारेमा विचार विमर्श गरेकै अवस्थामा राष्ट्रपति मागुफुलीको यस्तो भनाई आएको हो ।

Advertisement

शपथ कार्यक्रमका अवसरमा राजधानीमा प्रहरी र सेना परिचालन गरी सुरक्षा व्यवस्था कडा पारिएको थियो । तान्जानियाका प्रमुख दुई दल एसिटी वाचालेन्डो र चाडिमाका नेताहरुलाई गैरकानुनी सभा र प्रदर्शन गरेको भन्दै दोषी ठहराइएको छ ।

Advertisement

संयुक्तराज्य अमेरिका र अन्य कतिपय मुलुकले निर्वाचन परिणामप्रति चासो देखाएका छन् । शपथ कार्यक्रममा संक्षिप्त मन्तव्य राख्दै राष्ट्रपति मागुफुलीले निर्वाचनका अवसरमा व्यक्त प्रतिबद्धतालाई पूरा गर्नेतर्फ आफू र आफ्नोे सरकारले कार्य गर्ने बताए । उनले तान्जानियालाई न्यून–मध्यम–आय भएको मुलुकबाट माथि लैजाने र युवाका लागि रोजगारी सिर्जना गर्ने प्रतिबद्धता व्यक्त गरे ।

राष्ट्रपति मागुफुलीले विपक्षीले लगाएको आरोपका बारेमा सम्बोधनका क्रममा केही बताएनन्। उनले अन्य मुलुकमा भएका निर्वाचनमा धाँधली र अराजक स्थिति देखिएको दृष्टान्त दिँदै तान्जानियामा निर्वाचन तुलनात्मक रुपमा शान्तिपूर्ण र राम्रोसँग सम्पन्न भएको बताए ।

उनले रणनीतिक महत्वका परियाजनाहरु सम्पन्न गरेरै छाडने प्रतिबद्धता व्यक्त गरे । तान्जानियाको सबैभन्दा ठूलो वन्यजन्तु संरक्षण केन्द्र र युनेस्को विश्व सम्पदा सूचीमा रहेको स्थानमा विवादास्पद स्टिगलर गोर्ज जलविद्युत आयोजना पूरा गर्ने पनि उनले बताए।रासस / एपी

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top