×

NEPAL TIMES UPDATES

Playing
क्याम्पसबाट विद्यार्थी संगठन निकाल्ने अभियान सुरु,आवश्यक परे प्रहरी राखिने || Nepal Times
Apr 19, 2026
Playing
नयाँ खेलाडीलाई मौका, दबाब होइन अवसरः स्टुअर्ट ल|| Nepal Times
Apr 19, 2026
Playing
मणिपुरमा कसरी भड्कियो हिं*सा ?असुरक्षित नेपाली भाषी || Nepal Times
Apr 19, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-06-2083 || Nepal Times
Apr 19, 2026
Playing
शिक्षामा सिंहदरबारको निर्णय गाउँमा फेलः पालिकाहरूले देखाए शक्ति || Nepal Times
Apr 19, 2026
Playing
अमेरिकाको पसिना छुट्यो, इरानसँग अझै छ ४०% ड्रोन र ६०% मिसाइल लन्चर || Nepal Times
Apr 19, 2026
Playing
के हो सम्पत्ति जाँचबुझ आयोग ? || Nepal Times
Apr 19, 2026
Playing
चीनले गर्याे धानको बिउमा क्रान्ति,एक पटक रोपे फलिरहने || Nepal Times
Apr 19, 2026
Playing
एमालेमा विद्या भण्डारीको पुनरागमन किन ? छैनन् कुनै एजेन्डा || Nepal Times
Apr 19, 2026
Playing
अब शेयरमा एकैदिन ठूलो कमाइ ठूलो घाटा, अर्डरपनि १५ प्रतिशत घटबढ || Nepal Times
Apr 19, 2026

पर्यटकीय गन्तव्यमा आन्तरिक पर्यटक बढ्दै

२३ कार्तिक २०७७

२३ कार्तिक, पाल्पा ।
यहाँको पर्यटकीय गन्तव्यमा आकर्षक उद्यान निर्माण भएपछि आन्तरिक पर्यटकको चहलपहल बढेको छ ।

तिनाउ गाउँपालिका–६, मस्याम जन्तीलुङगको डाँडामा पर्यटकलाई आकर्षण गर्ने योजनाका साथ उद्यान निर्माण गरिएको छ । गाउँपालिकाको आर्थिक वर्ष २०७६–०७७ को रु १० लाखको आर्थिक सहयोगमा आकर्षक उद्यानले आन्तरिक पर्यटकलाई लोभ्याउने गरी निर्माण गरिएको गाउँपालिका अध्यक्ष ओमबहादुर घर्ती मगरले बताए ।

Advertisement
Advertisement

उनले आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल ल्याउन र स्थानीयबासिन्दाको आम्दानीका स्रोतमा वृद्धि गर्न दृश्यावलोकन केन्द्रसमेत निर्माण गरिएको बताए ।

दृश्यावलोकन केन्द्रबाट पाल्पाको तानसेन, रुपन्देहीको बुटबल, नवलपरासीको बर्दघाटलगायतका स्थानको दुश्यावलोकन गर्न मानिसहरु आउन थालेको अध्यक्ष घर्तीले बताए ।

यस क्षेत्रमा बर्सेनि आन्तरिक पर्यटकहरुको चहलपहल बढ्दो मात्रामा देखिएको छ । प्राकृतिक दृष्टिकोणले रमणीय स्थल रहेकाले पर्यटकहरु यस क्षेत्रमा टहलिन रुचाउँछन् ।

उद्यानभित्र पुग्ने सिँढी, सुरक्षाका लागि रेलिङ, फूल रोप्नका लागि क्यारी, फोटो खिच्ने स्थल लगायतका संरचना निर्माण गरिएको वडाध्यक्ष टोमबहादुर पुनले बताए । विशाल ढुङ्गाको पहाडमाथि बसेर दृश्यावलोकन गर्न थालेपछि गाउँपालिकाले दृश्यावलोकन केन्द्र निर्माणमा बजेट विनियोजन गरेको थियो ।

गाउँपालिकाको सहयोगमा घरबास कार्यक्रमसमेत सञ्चालन गरी पर्यटकलाई सुविधा प्रदान गरिएको छ । पन्ध्र घरमा आवासीय सुविधाका लागि शय्याका सामान सहयोग गरेपछि घरबास कार्यक्रम सञ्चालनमा ल्याइएको गाउँपालिका अध्यक्ष घर्तीले बताए ।

आन्तरिक पर्यटकहरु आइरहने तर खानबस्न व्यवस्था नहुँदा दुःख पाइरहेपछि घरबास कार्यक्रम सञ्चालन गरी पर्यटकलाई सुविधा र स्थानीयबासिन्दालाई आयआर्जन गर्ने बाटो खुलेको उनले बताए ।

प्रदेश सरकार र गाउँपालिकाको साझेदारीमा रिचार्ज पोखरी समेत निर्माण गरिएको छ । अघिल्लो आवमा रु आठ लाख लगानीमा निर्माण गरिएको पोखरीमा पर्यटक टहलिन्छन् । घरबास कार्यक्रममा प्रयोग हुने गरीे सामुदायिक भवन निर्माण गरिएको छ ।

यसले पर्यटक आगमनमा सहजता ल्याउने अपेक्षा गरिएको छ । पर्यटकलाई स्वागत तथा विदाई तथा स्थानीय संस्कृतिको प्रदर्शनी स्थलका रूपमा सामुदायिक भवन प्रयोगमा ल्याइने स्थानीयबासिन्दाको भनाइ छ ।

सिद्धार्थ राजमार्गको पाल्पा बुटवल सडकखण्डको डुम्रेमा प्रवेशद्वारसमेत स्थापना गरिएको छ । यसले पर्यटकलाई पर्यटकीय गन्तव्य तथा घरबास कार्यक्रम स्थलमा पुग्न सजिलै सूचना प्रदान हुनेछ ।

हिमाल, पहाड, तथा हिमालको सुन्दरता दृश्यावलोकन गर्न जन्तीलुङमा आन्तरिक पर्यटकको ओइरो लाग्दै आएको थियो । गर्मीको समयमा पनि शीतल हुँदा चैत्र वैशाख महिनामा तराईका जिल्लाबाट बढी पर्यटक घुमफिर गर्न रुचाउने स्थानीयबासिन्दा शेर बहादुर लम्तरी बताउँछन् ।

लम्तरीका अनुसार बन्दाबन्दी अवधिमा समेत तीन हजारभन्दा बढी पर्यटक यस क्षेत्रमा आएका छन् । बन्दाबन्दीका कारण यस क्षेत्रमा सञ्चालित घरबास कार्यक्रम अहिले बन्द छ ।

Advertisement

त्यसै पनि पर्यटकलाई आवासीय सुविधा छैन । जिल्लाभित्र तानसेन, दोभानलगायतका क्षेत्रका मानिस मोटरसाइकल तथा साना गाडीमा यस क्षेत्रमा आइरहेको लम्तरीले बताए । घरबास कार्यक्रम कोरोनाका कारण बन्द हुँदा स्थानीयबासिन्दाको आम्दानी हुन सकेको छैन ।(रासस)

भर्खरको समाचार

भ्रष्टाचारको दाग नलागेको छविः के विद्या एमालेको’सेफ ल्यान्डिङ’ हुन् ?

848-Bidhya-Bhandati-and-Kp-oli888

भारतीय धर्मगुरुले जनकपुर आएर बालेनप्रति हिन्दुत्वको प्रश्न उठाए

672685743_957034846916533_6009994246569094219_n

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

नेपालको आर्थिक वृद्धिदरमा भारी कटौती, अर्को वर्षमात्रै सुधार

3bf43633-8bfc-4d58-adb0-2c9fd14aebc1

प्रशासनमा अब फाइल बोकेर कोठा धाउनु नपर्ने, एकद्वार प्रणाली लागू

b50ca935-e218-4b61-b637-facd118a9d76

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

सम्बन्धित खबरहरु

Scroll to Top