तमानखोलामा माछा मारेर गुजारा चलाउँदै स्थानीय

२२ कात्तिक ७७, आइतबार

२३ कार्तिक, बाग्लुङ ।
तमानखोला गाउँपालिका–१ सेउलाका टेकमान विकसहित चार जना मिलेर बिहीबार तमानखोलामा दुवाली छेके ।

ठिहिराउने पानीमा दिनभर खेलेपछि साँझपख १२ किलो माछा मरे । किलोको रु ६५० का दरले बेचे र पैसा बराबर बाँडे । भोलिपल्ट पनि माछा मार्ने योजना बुनेर उनीहरु आ–आफ्नो घर लागे ।

माछा मार्नेले यसरी नै हिउँदका फुर्सदिला दिनहरु खोलामा कटाउँछन् । माछाबाटै जीविका धान्छन् । पचपन्न वर्षीय विकले भदौदेखि नै माछा मार्न थालेको बताए । “वर्षाको खेतीपाती सकेपछि हाम्रो कामै यही हो”, विकले भने, “कहिले राम्रो माछा पर्छ, कहिले दुःख पनि उठ्दैन ।”

Advertisement

उनले माछाबाट आएको पैसा घर खर्च र छोराछोरीको पढाइमा लगाउँछन् । कुनै महिना त माछाबाटै १५÷२० हजारसम्म कमाइ हुने गरेको विकले सुनाए । तमानखोलामा माछा मारेर गुजारा चलाउने अरु पनि छन् ।

बोङ्गादोभानका २९ वर्षीय जीवन पुनले बल्छी, जाल, पासा र दुवाली थुनेर माछा मार्ने गरिएको बताए । उनका अनुसार दुवाली छेकेर माछा मार्न धेरै जना चाहिन्छ । त्यसरी मारिएको माछाको सबैले बराबरी भाग पाउँछन् ।

Advertisement

“तमानखोलाको असला माछा स्वादिष्ट मानिन्छ, यहाँका प्रायः सबै होटलमा माछाको परिकार हुन्छ”, पुनले भने । धेरैजसो होटल, रेष्टुराँ व्यवसायीले नै माछा खरिद गर्छन् । माछाको सुकुटी बनाएर महङ्गोमा बेच्ने पनि हुन्छन् । बोङ्गादोभान बजारमा मात्र माछा बेचेर जीविका चलाउने २० जनाभन्दा बढी छन् ।

गाउँपालिका अध्यक्ष जोकलाल बुढाले तमानखोला माछाका लागि समेत चिनिने गरेको बताए । चिसो र स्वच्छ पानीमा हुर्केको भएकाले माछा स्वादिष्ट हुने गरेको उनको भनाइ छ । असला माछा लोप हुने देखेर गाउँपालिकाले पछिल्लो समय माछा मार्न कडाइसमेत गर्न थालेको छ ।

अवैधरूपमा विष हाल्न र विद्युतीय शक्ति लगाएर माछा मार्न रोक लगाइएको छ । “वडा नं ३ मा त निश्चित समय तोकेर मात्र माछा मार्न पाइने व्यवस्था छ”, उनले भने, “वडा तहमा फुकुवा भएपछि मात्र माछा मार्न दिइन्छ ।” वडा नं ४ को लाम्मेला हुँदै, तमानगाउँ, बोङ्गादोभान, भालिबाङ, हुन्द्राफेँदी हुँदै तमानखोलाको पुछारसम्मै माछा मारिन्छ ।

गाउँपालिकाको बोङ्गाखोला र खुङ्खानी खोलामा पनि माछा मार्नेहरु भेटिन्छन् । जिल्लाको बडिगाड, निसी, भूजी, दरम, ठेउले, तारा, काठेलगायतका खोलामा असला माछा पाइन्छ । दरमखोलाको असला त कोसेलीका रूपमा विदेशसम्म पुग्छ । सुकुटी पारिएको असला माछा प्रतिकिलो रु सात हजारसम्म पर्छ ।

आलो माछा रु ८०० देखि एक हजारसम्ममा बिक्री हुने गरेको गलकोट नगरपालिका–७ मल्मका व्यवसायी बाबुराम केसीले बताए । उनका अनुसार गलकोट नगरपालिका–७, ८ र ९ मा मात्र दैनिक ३० भन्दा बढी व्यक्तिले माछा मार्ने गर्छन् । पछिल्लो समय व्यावसायिकरूपमा माछा पाल्ने क्रम पनि बढ्दो छ । गलकोट र ताराखोलामा ‘रेम्बो ट्राउट फार्म’ समेत छन् । (रासस)

Advertisement

भर्खरको समाचार

बालेन शाह र EVM ले ततायो रास्वपाको महाधिवेशन

PM Balen Shah_-194

नेपाल अमेरिकाको ‘निगरानी थलो’ रुमुख्य ध्यान तिब्बती शरणार्थीमा

c547005d-c2fa-416d-ab48-e688406363ff

कतारले उपहार दिएको बोइङ कस्तो बन्यो ? ट्रम्पले देखाए

260619-air-force-one-mn-1625-c97bb6

कोशी प्रदेशमा देखियो यस वर्षको मनसुन

mausam-2075-12-18-768x388

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

सम्बन्धित समाचार

Scroll to Top