पूर्वसांसद वीरबहादुर लामाको निधन

२३ कात्तिक ७७, आइतबार

२३ कार्तिक, विराटनगर ।
तत्कालिन नेकपा एमालेका केन्द्रीय सदस्य एवं पूर्वसांसद वीरबहादुर लामाको निधन भएको छ ।

Advertisement

मिर्गौलाको रोगबाट पीडित लामा ललितपुरको पाटन अस्पतालमा उपचाररत थिए । उनको आइतबार बिहान ४ बजे निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

निमोनियासमेत देखिएपछि उनलाई गत सोमबार पाटन अस्पतालमा भर्ना गरिएको थियो । कोरोना संक्रमणको शंका लागेर चार पटकसम्म पीसीआर परीक्षण गर्दा पनि रिपोर्ट नेगेटिभ आएको छोरी श्रमिक लामाले बताइन् ।

Advertisement

उनी २०५६ सालमा मकवानपुर क्षेत्र नं. ३ बाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top