विराटनगर,जेठ ३ ः क्रिकेटका युवा स्पिनर सन्दीप लामिछाने, फुटबलका किरण कुमार लिम्बु र भलिबलका चर्चित खेलाडी मान बहादुर श्रेष्ठलाई पछि पार्दै टेबलटेनिसका स्यान्टु श्रेष्ठले एनएसजेएफ पल्सर पिपुल्स च्वाइस अवार्ड जितेका छन्।
कुल ३ लाख ४४ हजार ३ सय ८५ भोटमध्ये स्यान्टुले ४१.५१ प्रतिशत मत प्राप्त गर्दै अवार्ड जितेका हुन् ।
त्यस्तै दोस्रो स्थानमा भलिबलका मानबाहादुरले २१.६५ प्रतिशत, तेस्रोमा क्रिकेटका सन्दीपको १५.०१, चौथोमा फुटबलका किरणको १३.३२ र पाँचौ स्थानमा गल्फकी प्रतिमा शेर्पाले ८.४५ प्रतिशत मत प्राप्त गरेका छन् ।
सपटक एसएमएस, फेसबुक लाइक्स, विभिन्न खेलका प्रशिक्षक र मञ्चका सदस्यको मतका आधारमा यस विधाको विजेता छनोट गरिएको थियो ।