×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

नेकपा केन्द्रीय समितिका सदस्यले लिए सामूहिक शपथ

३ जेष्ठ २०७५

काठमाडौँ, ३ जेठः नेकपा(एमाले) र नेकपा(माओवादी केन्द्र)को एकतापछि गठित नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय समितिका सदस्यले आज सामूहिक रुपमा शपथ लिएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले एकार्कालाई शपथ खुवाएपछि दुवै पार्टीका केन्द्रीय सदस्यलाई शपथ गराइयो । एकीकृत पार्टीको पहिलो केन्द्रीय समितिको बैठकमा पार्टी एकताको समग्र प्रक्रियाका बारेमा अध्यक्षद्वय ओली र दाहालले जानकारी दिएका थिए ।

एकीकृत पार्टीको स्थायी समिति ४५ सदस्यीय रहनेछ । सो समितिमा एमालेका २६ र माओवादी केन्द्रका तर्फबाट १९ जना रहनेछन् । केन्द्रीय समिति ४४१ सदस्यीय हुनेछ । सो समितिमा एमालेका २४१ र माओवादी केन्द्रतर्फबाट २०० जना सहभागी हुनेछन् । वाम गठबन्धन हुँदै पार्टी एकताको प्रक्रिया अगाडि बढाएका एमाले र माओवादी दुवै पार्टी विघटन गरेर नयाँ पार्टी गठन गरिएको हो । सामूहिक शपथपछि नयाँ पार्टी दर्ताका लागि नेताहरु निर्वाचन आयोग पुगेका छन् ।
रासस

भर्खरको समाचार

बालेन क्याबिनेट कस्तो हुनेछ ? मन्त्री बालेनले छान्ने रविसँग परामर्श

balen rabi rasopa team

आज यी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुने

mausam

क्यालिफोर्निया इरानको राडारमा, इरानमा अहिलेसम्म के–के भयो?

MixCollage-12-Mar-2026-08-27-AM-2238

सुर्खेतकी इनिशाको निर्मला, निरुकै जस्तो नियति, खोई अपराधी ?

Untitled design

इतिहासकै सबैभन्दा लज्जास्पद निर्वाचन नतिजापछि बोले ओली

kp oli sad

इरानले होर्मुजमा धराप थाप्यो, कसरी आउँछन् इन्धन जहाज ?

Screenshot 2026-03-12 085015

बालेनको अब हिँड्ने बाटो, अवसरसँगै परीक्षा

balen rabi rasopa team

इरान युद्ध लम्बिएपछि ट्रम्पका सल्लाहकारले मागे युद्धको ‘एक्जिट प्लान’

trump khameni missiel

रेमिट्यान्स १२ खर्ब भित्रिदा वैदेशिक लगानी १०अर्ब, महँगीपनि बढ्यो

Remit

इरान युद्धको १२ औं दिनः चाडै युद्ध अन्त्य हुने ट्रम्पको घोषण

MixCollage-12-Mar-2026-08-27-AM-2238

सम्बन्धित खबरहरु

Scroll to Top