कोरोनाबाट सबैभन्दा प्रभावित अमेरिका

२५ कात्तिक ७७, बुधबार

२६ कात्तिक, एजेन्सी ।

कोरोना भाइरसको संक्रमणबाट विश्वमै सबैभन्दा प्रभावित संयुक्त राज्य अमेरिकामा दैनिक संक्रमण पनि सबैभन्दा बढी छ ।

अमेरिकामा वितेको २४ घन्टामा मात्रै १ लाख २६ हजार कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन् । अमेरिकामा हालसम्म संक्रमित हुनेको संख्या १ करोड ५५ लाखको हाराहारीमा पुगिसकेको छ । संक्रमणकै कारण मृत्यु हुनेको संख्या २ लाख ४५ हजार नाघिसकेको छ । विगत केही साता अघिदेखि अमेरिकामा संक्रमण विगतको तुलनामा व्यापक रुपमा बढेको छ ।

Advertisement

अमेरिकामा भएको राष्ट्रपति निर्वाचनको दौरान भएका प्रचार प्रसार लगायतका सार्वजनिक कार्यक्रमहरुले पनि संक्रमण बढाएको अनुमान गरिएको छ । संक्रमितको संख्याको आधारमा दोस्रो बढी प्रभावित मुलुक भारत हो । भारतमा वितेको २४ घन्टामा ४४ हजारभन्दा बढी नयाँ संक्रमित थपिएका छन् ।

पछिल्लो समय युरोपेली मुलुकहरुमा संक्रमण व्यापक रुपमा बढेको छ । दोस्रो लहरको संक्रमण अन्तर्गत् फ्रान्स, इटाली, स्पेन, जर्मनी, पोल्याण्ड लगायतका मुलुकमा दैनिक २० हजारभन्दा बढी छ । विश्वमा हालसम्म कोरोना संक्रमितको संख्या ५ करोड १७ लाख नाघेको छ भने मृत्यु हुनेको विश्वव्यापी तथ्यांक पनि १२ लाख ७८ हजार भन्दा बढी छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top