सन्दीप लामिछानेलाई दिल्लीले किन दिएन खेल्ने अवसर ?

२६ कात्तिक, काठमाडौँ ।
युएईमा मंगलबार सम्पन्न १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल)को उपाधि मुम्बई इण्डियन्सले जित्दा नेपाली नेपाली क्रिकेटका ग्लोबल आइकन सन्दीप लामिछाने आबद्ध टिम दिल्ली क्यापिटल्स उपविजेता बन्यो । तर नेपाली क्रिकेटर सन्दीप लामिछानेलाई यो सिजनमा दिल्लीले कुनैपनि खेल खेल्ने अवसर दिएन ।

दिल्लीले सन्दीपलाई सन् २०१८ को अक्सनमा तीन वर्षलाई टोलीमा अनुबन्ध गरेको थियो । जस अनुसार दिल्लीमा सन्दीपको अन्तिम सिजन यहि हो । आगामी अक्सनका लागि आफ्नो प्रभाव र पहिचान बनाउन यो सिजन सन्दीपका लागि महत्वपूर्ण हुने थियो तर यसकालागि अवसर दिएको दिल्ली नै बाधक बनेको छ । सिजनको सुरुवाती खेल देखि फाइनलसम्मका सबै खेलमा सन्दीप मैदान बाहिरै रहे । दिल्लीले फाइनलसम्म खेलेका १७ खेलमै सन्दीपलाई बेन्चमा समिति गरिएको छ ।

आइपिएलको १३ औँ संस्करण सुरु हुनुअघि सन्दीप क्यारेबियन प्रिमियर लिग (सिपिएल) मा जमैका तलाबाजबाट खेलेर यूएई पुगेका थिए । सिपिएलमा १२ विकेटसाथ स्थिर प्रर्दशन गरेका सन्दीपको मनोबल उच्च थियो । यद्यपी टिममा चार विदेशी कोटामा स्थान बनाउन उनलाई सहज नभएपनि अघिल्ला संस्करणको प्रदर्शनका आधारमा दिल्लीले पुरै सिजन मैदान बाहिर राख्छ भन्ने अनुमान भने उनलाई थिएन । दिल्लीले सन् २०१८ मा सन्दीपलाई ३२ लाख नेपाली रुपैयाँमा अनुबन्ध गरेको थियो । पहिलो सिजनमा दिल्लीले सुरुवाती खेलमा सन्दीपलाई मौका दिएन । दिल्ली लिग चरणबाट बाहिरिएपछि अन्तिमका संभावना नरहेपछि तीन खेलमा मौका दिएको थियो । तर तीन खेलमा सन्दीपले पाँच विकेट लिदै सबैलाई प्रभावित पारेका थिए । जुन जादु अहिले दिल्लीले विर्सिएको छ । सन् २०१९ मा दिल्लीले सन्दीपलाई ६ खेलमा मौका दिएको थियो र ८ विकेट लिएका थिए ।

Advertisement

गतवर्ष दिल्लीले सन्दीपलाई मौका दिँदा दक्षिण अफ्रिकाका क्रिस मोरिसलाई बेन्चमा राखेको थियो । मोरिसलाई मौका दिँदा सन्दीपलाई बेन्चमा राखेको थियो । तर यस सिजनको लागि मोरिसलाई दिल्लीले फुकुवा गरेको थियो । यसैले पनि सन्दीप मैदान उत्रने सम्भावना बलियो थियो यसपटक । लगातार तेस्रो सिजन आईपीएलका लागि दिल्ली क्यापिटल्सको टिममा परेका सन्दीप पहिलो पटक एक खेल नखेली घर फर्किनु परेको हो । यो एक क्रिकेटरका लागि दुखको क्षण हो ।

यद्यपी अब सन्दीप नेपाल फर्किएर केहिदिन बसी बिग बास लिगका लागि अष्ट्रेलिया जाने छन् । जहाँ उनले आफ्नो क्षमता र छाप खेलमार्फत विश्वलाई देखाउने छन र दिल्लीलाई जवाफ दिनेछन कि तिमीले मलाई विश्वमा चिनायौ तर यो सिजनमा खेल्न नदिएर गल्ती गरेउ ।

भर्खरको समाचार

इरानी मिडियाले सार्वजनिक गर्यो युएस–इरान सम्झौताका मुख्य बुँदा

flags of USA and Iran

कांग्रेसका एक लाख बढी क्रियाशील सदस्य घट्न सक्ने

gagan thapa

आज राति कतारले स्विट्जरल्यान्डको सामना गर्ने, टोली उच्च दबाबमा

FIFA-2018-World-Cup-Featured-1366x768

आजको मौसम :  कोशीमा भारी वर्षा, पहाडी भेगमा चट्याङ्गको सम्भावना

mausam-2075-12-18-768x388

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

सम्बन्धित समाचार

Scroll to Top