खेलकुदका प्रशिक्षणहरु सुरु गर्न सरकारकाे अनुमति

२७ कात्तिक ७७, बिहीबार
Share this
762shares

२७ कात्तिक, काठमाडौँ ।
सरकारले स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरी खेलकुदका प्रशिक्षणहरु सुरु गर्न अनुमति दिएको छ ।

Advertisement

ओलम्पिक खेलकुदमा सहभागिताका लागि छनोट हुने खेलका प्रशिक्षण सुरु गर्न, फुटबल, क्रिकेट लगायतका खेलहरुको अन्तर्राष्टिय स्तरमा सहभागिता जनाउन अनुमति दिने निर्णय गरेकाे सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले बताए ।

यस्तै मैत्रीपूर्ण खेलहरु आयोजना गर्न, स्थगित रहेका फटलब डिभिजनका खेलहरु सञ्चालनको तयारी गर्न र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलहरुमा सहभागिताका लागि प्रशिक्षण लगायतका तयारी गर्न पनि सरकारले स्वीकृति दिएको उनले बताए ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top