सुरु भयो तिहार,आज काग तिहार र धन्तेरस

२७ कात्तिक ७७, शुक्रबार

२८ कात्तिक, काठमाडौँ ।
हिन्दुहरुकोे दोस्रो ठूलो चाड तिहार आजबाट शुरु भएको छ । यसलाई यमपञ्चक पनि भन्ने गरिन्छ । प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म तिहार अर्थात यमपञ्चक मनाउँदै आइएको छ । तिहारको पहिलो दिन आज काग तिहार ।

यस वर्ष यमदीपदान विहीबारदेखि शुरु भए पनि काग तिहार आज शुक्रबार परेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा. डा. रामचन्द्र गौतमले जानकारी दिए । सायंकालमा त्रयोदशी भएका दिन यमदीपदान शुरु गर्नुपर्ने र प्रातःकालमा त्रयोदशी भएका दिन कागतिहार मनाउनुपर्ने शास्त्रीय व्यवस्थाअनुसार यस्तो निर्णय गरिएको हो ।

धन्वन्तरि जयन्ती र धनतेरस पर्व पनि आज शुक्रबार नै परेको छ । यमदीप दान गरे यमयातनाबाट मुक्ति पाइने र धनतेरसको दिन भाँडाकुँडा किने लक्ष्मीको बास रहने धार्मिक विश्वास छ ।

Advertisement

काग तिहारका दिन कागलाई मीठो मीठो खाना चढाइन्छ । वैदिक मान्यतानुसार कागलाई सन्देश वाहकका रुपमा मान्ने गरिन्छ । यस दिन कागलाई खान नदिईकन आफूले खाएमा पापको भागी भइन्छ भन्ने धार्मिक मान्यता छ । वैदिक सनातन हिन्दू धर्मानुसार कागलाई यमदूत मानिन्छ ।

लक्ष्मीपूजाका दिनदेखि घर घरमा दीपावली गरी झिलीमिली बनाउने परम्परा रहेपनि अहिले काग तिहारदेखि नै विशेषगरी विद्युतिय बत्तिहरु, झिलिमिली बाल्न थालिएको छ । उज्यालोको पर्व तिहार यस वर्ष भने कोरोना संक्रमणका कारण विगतमा भन्दा चलहपहल र रौनकता कम देखिएको छ ।

Advertisement

तिहार भन्ने वित्तिकै झिलीमिली बत्ती, मखमली, सयपत्री फूलका माला,धनधान्यकी देवी महालक्ष्मीको आरधाना अनि दिदी बहिनी तथा दाजुभाइको भातृत्व बढाउने पर्व । यसको उल्लास र रौनक नै बेग्लै छ । तर यस वर्ष कोरोनाको कहरमा तिहारको हर्ष, उल्लास र उमंगमा ह्रास आएको छ ।

Advertisement

भर्खरको समाचार

बालेन शाह र EVM ले ततायो रास्वपाको महाधिवेशन

PM Balen Shah_-194

नेपाल अमेरिकाको ‘निगरानी थलो’ रुमुख्य ध्यान तिब्बती शरणार्थीमा

c547005d-c2fa-416d-ab48-e688406363ff

कतारले उपहार दिएको बोइङ कस्तो बन्यो ? ट्रम्पले देखाए

260619-air-force-one-mn-1625-c97bb6

कोशी प्रदेशमा देखियो यस वर्षको मनसुन

mausam-2075-12-18-768x388

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

सम्बन्धित समाचार

Scroll to Top