एउटै गाउँमा १६ लाख किलो आलु

२७ कात्तिक ७७, शुक्रबार

पाल्पा: गत वर्ष रामपुर नगरपालिका–६ लाई आलु पकेट क्षेत्र बनाउने अभियानले यस वर्ष सार्थकता पाएको छ । वडा कार्यालयको सहयोग र स्थानीय किसानको मिहिनेतले १६ लाख किलो आलु उत्पादन गर्ने अभियान सुरु भएको छ । गत वर्ष झन्डै ८ लाख किलो आलु उत्पादन भएको थियो ।

‘एक वडा एक उत्पादन’ कार्यक्रमअन्तर्गत ६ नम्बर वडाले आलु उत्पादनलाई जोड दिएको हो । गत वर्ष आलु लगाउने अभियान सुरु भएको हो । अनुदानमा आलुको बीउ दिने मात्र नभई किसानलाई उत्प्रेरणा जगाउने कार्यक्रम गरिएको वडाध्यक्ष हुमनाथ न्यौपानेले बताए । ‘जसले गर्दा वडाको अभियान यस वर्ष सफल हने भएको हो,’ उनले भने, ‘गत वर्ष झन्डै ८ लाख किलो आलु उत्पादन भएको थियो भने यस वर्ष १६ लाख किलो उत्पादन गर्ने लक्ष्यसहित लगाउन सुरु गरिएको छ ।’

गत वर्षको आलुको बीउसमेत स्याङ्जाको गल्याङ नगरपालिकाको शीतभण्डारमा वडाले राखेको थियो । उक्त आलुको बीउसमेत ल्याएर वितरण गरिसकिएको छ । गत वर्ष ६ सय बोरा आलुको बीउ ५० प्रतिशत अनुदानमा वडाले दिएको थियो । यस वर्ष १ हजार ३ सय बोरा ५० प्रतिशत अनुदानमा किसानलाई वितरण गरिएको न्यौपानेको भनाइ छ । किसान आफैंले पनि बीउ किनेर लगाएका छन् । बिक्रीको समस्या नभएकाले पनि उनीहरू आलु लगाउन हौसिएका छन् । ‘रामपुर नगरपालिकालाई आत्मनिर्भर बनाउने मात्र होइन,’ न्यौपानेले भने, ‘यहाँबाट जिल्लाभर र जिल्लाबाहिरसमेत आलु निर्यात गर्ने लक्ष्य र उद्देश्य हो ।’ किसानले बिक्री गर्न नसकेको आलु वडाले खरिद गरेर पनि बिक्री गरिदिने उनले बताए ।

Advertisement

रामपुर नगरपालिका–६ का कृषक समूह र व्यक्तिलाई समेत ५० प्रतिशत अनुदानमा आलुको बीउ दिइएको उनले बताए । यो वडामा मात्रै कम्तीमा ६ सय घरपरिवारले आलु लगाउन सुरु गरेका छन् । ‘धान काटेको खेतका साथै बारीमा समेत आलु लगाउनेछौं,’ नदी किनारा आय आर्जन कृषक समूहकी हुमा देवकोटाले भनिन्, ‘अघिल्लो वर्षको तुलनामा यस वर्ष दोब्बर उत्पादन गर्ने योजना छ ।’ आफूले मात्रै अघिल्लो वर्ष ४० क्विन्टलभन्दा बढी आलु बिक्री गरेको उनको भनाइ छ । सिंगो गाउँ आलु खेतीमा लागेपछि गत वर्ष नलगाउनेले पनि यस वर्ष लगाउने योजनासहित अघि बढेका छन् ।

१० समूहका साथै व्यक्तिगत पनि आलु लगाएका छन् । ‘आलु लगाउन सबै उत्प्रेरित छन्,’ जनजागृति कृषि समूहका अध्यक्ष सिर्जना आचार्यले भनिन्, ‘समूहमा नबस्नेहरू पनि अहिले व्यक्तिगत रूपमै आलुलाई व्यावसायिक बनाउन कस्सिएका छन् ।’ घरमा खान पनि हुने र बिक्री गरेर आम्दानी पनि हुने भएपछि महिला बढी आकर्षित भएको उनले बताइन् । यस वर्ष ४ सय ५० रोपनी बढी क्षेत्रफलमा आलु लगाउने तयारी भएको उनको भनाइ छ ।

वडा कार्यालयका अनुसार कृषि विशेष क्षेत्रका रूपमा अगाडि बढाउन गत वर्ष किसानलाई विभिन्न कृषिका मल, बीउ, प्रविधि वितरण गरिएको थियो । अघिल्लो वर्ष नै आलु पकेट क्षेत्रका रूपमा विकास गर्ने उद्देश्यका साथ अनुदानमा आलुको बीउ वितरण गरेको वडा सचिव वासुदेव ढकालले बताए । ‘यस वर्षको उत्पादन रामपुर क्षेत्रमा मात्र होइन, निकासी गर्ने गरी नै हुनेछ,’ उनले भने । आलु खेती लगाउने प्रविधि, आलुको उत्पादन, मलजल, रोगकीरा नियन्त्रण, बजारीकरणका सम्बन्धमा किसानलाई जानकारी गराएको छ । वडा कार्यालयले किसानलाई सूचना आह्वान गरेर आवश्यक परिमाणमा निवेदन संकलन गरेको थियो । किसानले ३४ हजार किलो आलुको बीउ माग गरेका छन् । सोहीअनुसार बीउ मगाउन भने स्रोत अभाव छ ।,याे समाचार कान्तिपुर दैनिकमा छापिएकाे छ ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top