१०० डिग्री ज्वरो आएकालाई परीक्षण निशुल्क, अन्यलाई दुई हजार शुल्क

२८ कात्तिक ७७, शुक्रबार
Share this
733shares

२८ कार्तिक, काठमाडौँ ।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले लक्षण भएका व्यक्तिबाहेक अन्यको पिसिआर परीक्षणका लागि शुल्क लाग्ने जनाएको छ।

Advertisement

एक सूचना प्रकाशित गर्दै अस्पतालले १०० डिग्री फरेनहाइट तथा सो भन्दा माथि ज्वरो आएका व्यक्तिको मात्रै परीक्षण निशुल्क हुने जनाएको हो। अन्य व्यक्तिहरुको परीक्षणका लागि दुई हजार रुपैयाँ शुल्क लिइने अस्पतालको सूचनामा उल्लेख छ।

यसअघि सरकारले सबै सरकारी अस्पतालमा कोरोना परीक्षण तथा उपचार निशुल्क गर्ने जनाएको थियो। तर टेुक अस्पतालले स्वास्थ्य मन्त्रालयको परिपत्र अनुसार लक्षणबाहेकका व्यक्तिको परीक्षण गर्नुपरेमा दुई हजार रुपैयाँ शुल्क लिइने जनाएको हो।

Advertisement

निशुल्क र सशुल्क गरी दिनमा जम्मा ३०० जनाको मात्रै स्वाव संकलन गरिने पनि अस्पतालले जनाएको छ। अस्पतालमा भर्ना भएका बिरामीका उपचार भने निशुल्क गरिने सूचनामा उल्लेख छ।

तर संक्रमितले कोरोना बिमा गरेको भए परीक्षण र उपचार खर्च निजको बिमा रकमबाट व्यहोरिने पनि अस्पतालले जनाएको छ। सक्षम, इच्छुक र योगदान गर्न चाहने व्यक्तिहरुले परीक्षण र उपचारमा योगदान गर्न सक्ने अस्पतालको सूचनामा उल्लेख छ।

Advertisement

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top