डा गोविन्द केसीलाई कोरोना संक्रमण

२८ कात्तिक, काठमाडौं ।

Advertisement

चिकित्सा शिक्षा सुधारका अभियन्ता डा गोविन्द केसीलाई कोरोना संक्रमण भएको छ। केही लक्षण देखा परेपछि बिहीबार गरिएको पिसिआर परीक्षणमा उनको रिपोर्ट पोजेटिभ आएको डा केसीका सहयोगी प्रितम सुवेदीले फेसबुकमार्फत जानकारी दिएका हुन्।

सुवेदीका अनुसार डा केसीमा रुँघा लाग्ने, खोकी लाग्ने र ज्वरोको लक्षण समेत देखिएको छ। यस्तै स्वाश्प्रश्वासमा समेत समस्या भएको छ । केसी अहिले शिक्षण अस्पताल महाराजगंजकाे गणेशमान सिंह भवनमा छन् । उनकाे थप स्वास्थ्य परीक्षण भइरहेकाे सुवेदीले बताएका छन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top