आगामी वर्षको जाडोयामसम्म महामारी सामान्य अवस्थामा आउन सक्छः खोप निर्माता

१ मंसिर, काठमाडौं । खोप निर्माताहरूले आउँदो वर्षको जाडोयामसम्म कोरोना महामारी सामान्य अवस्थामा आउने बताएका छन् ।

औषधि उत्पादक कम्पनी बायोटेकका सह संस्थापक प्राध्यापक उगुर साहिनले आउँदो गर्मीयाममा खोप सफल भइ पहुँचमा उल्लेख्य वृद्धि हुने र त्यसको असरले अर्को जाडो सुरु हुँदासम्म महामारी सामान्य अवस्थामा आउने बताएको बीबीसीले जनाएको छ ।

बायोटेकले गएको हप्ता आविष्कार गरेको खोपले ९० प्रतिशत मानिसलाई कोरोना लाग्नबाट बचाउने दाबी गरेको थियो । झण्डै ४३ हजार जनाले यो खोपको परीक्षणमा सहभागिता जनाएका थिए । यो सफलतासँगै अहिले विश्वमा कोरोना महामारीप्रतिको गम्भीर चिन्ता कम हुँदै गएको खबरमा उल्लेख छ ।

Advertisement

बीबीसीको वान्स एन्ड्रियु मार शो कार्यक्रममा प्राध्यापक सहिनले खोपले मानिसबीचको सङ्क्रमण घटाउने र खोप लगाएका कसैमा पनि लक्षण विकास हुनबाट रोकिने आशा व्यक्त गरेका छन् ।

यो वर्षको अन्त्यसम्म बेलायतले बायोटेकरफिजर कम्पनीको खोप १० लाख डोज प्राप्त गर्ने बताइएको छ, बेलायतले यसअघि नै तीन करोड खोपको डोजको अर्डर गरिसकेको छ । अहिले ६ देशमा परीक्षण भइरहेको खोपलाई तीन हप्ताभित्र दुई खेप लगाउनुपर्ने हुन्छ ।

यसैबीच विश्वमा एकैदिन चार लाख ७० हजारभन्दा धेरैमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा अमेरिकामा मात्रै एक लाख २४ हजार पाँच सय ६८ सहित विश्वमा चार लाख ७० हजार चार सयभन्दा धेरैमा कोरोना सङ्क्रमण पुष्टि भएको वर्ल्डोमिटरले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा छ हजार चार सय ५३ जनाको कोरोना सङ्क्रमणबाट ज्यान गएको छ । विश्वमा अहिलेसम्म पाँच करोड ४७ लाख ८६ हजारभन्दा धेरैमा कोरोना सङ्क्रमण भएकोमा १३ लाख २३ हजार आठ सयभन्दा धेरैको ज्यान गइसकेको छ ।

स्तै सङ्क्रमितमध्ये तीन करोड ८१ लाख ११ हजारभन्दा धेरै निको भएका छन् ।

भर्खरको समाचार

इरानी मिडियाले सार्वजनिक गर्यो युएस–इरान सम्झौताका मुख्य बुँदा

flags of USA and Iran

कांग्रेसका एक लाख बढी क्रियाशील सदस्य घट्न सक्ने

gagan thapa

आज राति कतारले स्विट्जरल्यान्डको सामना गर्ने, टोली उच्च दबाबमा

FIFA-2018-World-Cup-Featured-1366x768

आजको मौसम :  कोशीमा भारी वर्षा, पहाडी भेगमा चट्याङ्गको सम्भावना

mausam-2075-12-18-768x388

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

सम्बन्धित समाचार

Scroll to Top