फिफा क्लब विश्वकप फुटबल आगामी फेब्रुअरीमा हुने

फिफा क्लब विश्वकप फुटबल आगामी फेब्रुअरीमा हुने

३ मंसिर, काठमाडौं । फिफा क्लब विश्वकप फुटबल प्रतियोगिता आउँदो फेब्रुअरीमा हुने भएको छ ।

फिफाले क्लब विश्वकप २०२१ को फेब्रुअरीमा हुने जनाएको हो । कतारमा हुने क्लब विश्वकप फेब्रुअरी १ देखि ११ सम्म हुनेछ । यसअघि फिफा विश्वकप डिसेम्बरमा हुँदै आइरहेको थियो । तर, कोरोना भाइरसको कारण यस वर्षको क्लब विश्वकप पछि सरेको हो ।

गएको वर्ष इङ्ग्लिस क्लब लिभरपुलले उपाधि जितेको थियो । कतारले २०२२ को फिफा विश्वकप फुटबल समेत आयोजना गर्दैछ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.