सुरु भयो छठ पर्व, व्रत कसरी बस्ने ?

३ मंसिर, विराटनगर । पृथ्वीमा पर्याप्त प्रकाश छरेको र मनोकामना पूर्ण गरेको र गर्ने विश्वासमा सूर्यलाई धन्यवाद ब्यक्त गर्दै मनाइने छठ पर्व आज बुधबारबाट सुरु भएको छ ।

नेपाल र भारतमा उल्लासका साथ मनाइने यो पर्व विशेषगरी तराईमा र पछिल्ला समय काठमाडौं उपत्यकासहित देशका विभिन्नक्षेत्रमा धुमधामका साथ मनाउँन थालिएको छ । धार्मिक एवं लोकआस्थाको पर्व छठको तयारी यमपञ्चक सकिनासाथ सुरु हुन्छ । यतिखेर छठपर्व मनाउनका लागि आवश्यक सरसामग्रीको किनमेलमा भक्तालुहरु जुटेका छन् ।

धार्मिक नगरी जनकपुरधाम, विरगंज, विराटनगर, काठमाडौंको रानी पोखरीलगायतका स्थानमा छठको रौनक विशेष देखिने गरेको छ । तर यस वर्ष कोरोना सङ्क्रमणका कारण विगतमा जस्तो नहुने भएपनि छठ विधिवत् रुपमा मनाउने कार्यका लागि चहलपहल भने सुरु भइसकेको देखिन्छ ।

Advertisement

यतिखेर ग्रामीण क्षेत्रलगायत विभिन्न ठाउँमा छठ मनाउनका लागि पोखरीको डिल र नदी किनारको सरसफाइ सुरु भइसकेको छ । कोरोना सङ्क्रमण जोखिमका कारण कतिपय आफ्नै घरको परिसरमा चारकुने खाल्डो खनी त्यसमा पानी भरेर छठपर्व मनाउने तयारीमा जुटेका छन् ।

यसका साथै छठ मनाउनका लागि आवश्यक पर्ने सरसमानको किनमेलका साथै नयाँ माटाका भाँडाकुँडा र बाँसको टोकरी तथा कोनियाको खरिदारीमा जुटेका देखिन्छन ।

Advertisement

भगवान सूर्यको पूजाअराधना गर्ने यो पर्व विधिवत् रुपमा कात्तिक शुक्ल चतुर्थी तिथि अर्थात आजैदेखि शुरु भएको हो । अत्यन्त निष्ठा एवं पवित्रताका साथ यो पर्व मनाउनुपर्ने जनमान्यता रही आएको छ ।

सूर्यको पूजा गर्ने वर्तालुले कात्तिक शुक्ल चतुर्थी तिथिदेखिनै शरीरलाई पवित्र बनाउने उद्देश्यले विधिवत् रुपमा स्नान गरी अरवा अरवाइन खाने गर्छन् । पञ्चमी तिथिमा दिनभर उपवासमा बसेर साँझको समयमा नयाँ माटोको चुल्होमा खीर पकाउँछन् ।

त्यसपछि घरको देवीदेवताको पूजामा चढाइएको खीर प्रसादका रुपमा वर्तालुले ग्रहण गरी परिवारका अन्य सदस्यलाई वितरण गर्ने गरिन्छ । यस विधिलाई खरना भनिन्छ । भगवान् सूर्यलाई अर्घ अर्पण गर्ने वर्तालुले पञ्चमी तिथिभर उपवास बसी साँझ मात्र सो प्रसाद ग्रहण गरेर पुनः उपवासलाई निरन्तरता दिन्छन् ।

त्यसपछि सप्तमी तिथिको बिहानसम्म अर्थात् कम्तीमा ५० घण्टासम्म उपवास बस्नुपर्ने हुन्छ । त्यसपछि षष्ठी तिथिमा पोखरीको डिल वा नदी किनारमा पूजाका सामग्री राखेर अस्ताउँदै गरेको सूर्यलाई अर्घ अर्पण गरिन्छ । भोलिपल्ट सप्तमी तिथिमा उदाउँदै गरेको सूर्यलाई अर्घ अर्पण गरेपछि विधिवत् रुपमा पर्व सम्पन्न हुन्छ ।

यस पर्वमा सूर्यलाई प्रसादका रुपमा ठेकुवा, भुसुवा, केरा, मिठाइ, उखु, नरिवल, पान, सुपारीलगायत प्रसादका सामग्री नयाँ माटोका भाँडो र बाँसको टोकरीमा राखेर अर्पण गरिन्छ । यो पर्व एकपल्ट शुरु गरेपछि प्रत्येक वर्ष गर्नुपर्ने हुन्छ । खासगरी मनोकामना पूर्ण भएपछि यो पर्व शुरु गर्ने गरिन्छ ।

यो पर्वमा षष्ठी भगवतीको पूजा अर्चना गरी पुत्र, पति र परिवारको कल्याणको कामना गर्ने गरिन्छ । छठको व्रत बसे सन्तान प्राप्ति, सुख समृद्धि, आरोग्य, सृष्टिको सुरूवातदेखि नै सूर्यको उपासना गरिंदै आएको पाइन्छ । अग्नि पुराणमा पनि षष्ठी व्रतको प्रसँग उल्लेख छ । चौध वर्षको वनवास र एक वर्षको अज्ञातवास बसेको बेला कुन्ती, द्रौपदी सहित पाण्डवले यो व्रत गरेको वर्णन महाभारतमा पाइन्छ । त्रेता युगमा राजा दशरथकी रानी कौशल्याले पनि यो व्रत गरेको बताइन्छ ।

कात्तिक शुक्लमा मनाइने छठलाई ठूलो छठ भनिन्छ । चैतको षष्ठी तिथिमा पनि केही ठाउँमा यो पर्व मनाइन्छ । पर्व मनाउने परिवारका कुनै व्यक्ति उपवासमा बस्न नसक्ने अवस्थामा छन् भने जोकोही वर्तालुले तिनीहरुको प्रसाद लिएर सूर्यलाई अर्पण गर्न सकिने सुविधा छ ।

सूर्यको प्रकाशमा भिटामिन डी प्राप्त हुने भएकाले मानवशरीर विज्ञानका अनुसार यो व्रतको महत्व आज पनि त्यत्तिकै छ । छठपर्वलाई छठी, डाला छठ, सूर्य षष्ठी लगायतका नामले पनि उपासना गरिन्छ ।

हिन्दु तथा जैन समुदालयले यो पर्व मनाउँदै आएका छन् । पछिल्लो समय त अन्य समूदायले समेत छठ पर्व मनाउन थालेका छन ।मनोकाक्षा पूरा भएका आधारमा हरेक वर्षजसो छठ पर्वप्रतिको आस्था र विश्वास बढ्दै गएको बताइन्छ ।

पर्वको खोला किनार, नहर, पोखरीमा छठ पुजा गरिने भएपनि पुजा सामाग्री तथा भत्तालुहरुको सडकमा ओहोरदोहोर बढि हुने पुजास्थानमा घुँइचो लाग्ने तथा आवस्यक सामाग्रीका लागि केही दिन अघिदेखिनै बजारमा भिडभाड हुने भएकाले यसले कोरोना संक्रमणलाई थप फैलाउन सक्ने भन्दै सकभर भिडभाड नगरी स्वास्थ्य सावधानीका साथ पर्व मनाउँन सरकारले आग्रह गरेको छ ।

Advertisement

भर्खरको समाचार

बालेन शाह र EVM ले ततायो रास्वपाको महाधिवेशन

PM Balen Shah_-194

नेपाल अमेरिकाको ‘निगरानी थलो’ रुमुख्य ध्यान तिब्बती शरणार्थीमा

c547005d-c2fa-416d-ab48-e688406363ff

कतारले उपहार दिएको बोइङ कस्तो बन्यो ? ट्रम्पले देखाए

260619-air-force-one-mn-1625-c97bb6

कोशी प्रदेशमा देखियो यस वर्षको मनसुन

mausam-2075-12-18-768x388

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

सम्बन्धित समाचार

Scroll to Top