मौसम सफा भएपनि हावाको तापक्रम घट्ने, चिसो बढ्ने

४ मंसिर ७७, बिहीबार
Share this
673shares

४ मंसिर, काठमाडौं ।
विहीबार उच्च पहाडी तथा हिमाली भेगमा मौसम सामान्य बद्ली हुने भएको छ ।

Advertisement

उच्च पहाडी तथा हिमाली भेगमा मौसम आंशिकदेखि सामान्य बद्लीको सम्भावना रहेको मौसमविद्ले बताएका छन् । बाँकी ठाउँको मौसम भने सामान्यतया सफा नै रहने मौसम पूर्वानुमान महाशाखाका मौसमविद् बरुण पौडेलले जानकारी दिए।

राति देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा नै हुनेछ । मौसमलाई प्रभाव पार्ने खालको कुनै पनि प्रणाली विकास नभएकाले आज र भोलि मौसम बद्ली हुने सम्भावना छैन ।

Advertisement

बिहान बेलुका तराईका भू–भागमा हल्का कुहिरो लागेपनि दिउँसो घाम लाग्नेछ । मौसम सफा हुने भए पनि हावाको तापक्रम भने घट्ने भएकाले चिसो बढ्न सक्ने पनि महाशाखाले जनाएको छ ।

काठमाडौं उपत्यकाको आज बिहानको न्यूनतम तापक्रम ६ डिग्री सेल्सियस मापन गरिएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top