प्रहरीको ओएनएम स्वीकृत, समायोजनका लागि बाटो खुल्यो

४ मंसिर ७७, शुक्रबार

काठमाडौँ : नेपाल प्रहरी समायोजनका लागि ‘कानुनी तथा प्राविधिक’ रुपमा बाटो खुला भएको छ । केही दिनअघि बसेको मन्त्रिपरिषद बैठकले प्रहरी समायोजन सम्वन्धी ‘संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम’) स्वीकृत (पास) गरेसँगै समायोजनका लागि बाटो खुलेको हो ।

गृह मन्त्रालयका अनुसार, प्रहरी समायोजन सम्वन्धी ओएनएम स्वीकृति (पास) भएको छ । प्रहरी समायोजन विधयेक २०७६ यसअघि नै स्वीकृत भइसकेको हो । ओएनएमले प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी ) एक र प्रहरी नायव महानिरीक्षक (डिआइजी ) पाँच गरी छ दरवन्दी थप गरेको छ ।

वर्तमान सरकारले प्रहरी समायोजनका लागि भन्दै यसअघि एआइजीको सातवटा दरवन्दी घटाएर तीन र डिआइजीको २६ वटा दरबन्दी घटाएर १४ पु¥याएको थियो । थप गरिएको एआइजीको दरवन्दी महानगरीय प्रहरी कार्यालय रानीपोखरीका लागि रहेको छ ।

गृह मन्त्रालय प्रशासन महाशाखा प्रमुख सहसचिव थानेश्वर गौतमले केही दिनअघिको मन्त्रिपरिषद्को निर्णयबाट प्रहरी समायोजन सम्वन्धी ओएनएम स्वीकृत भई मन्त्रालय हुँदै प्रहरी प्रधान कार्यालय पठाई सकेको जानकारी दिनुभयो ।, यो खबर आजको गोरखापत्र दैनिकमा छापिएको छ ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top