अवैध चाँदीसहित विराटनगरबाट दुई जना पक्राउ

५ जेठ ७५, आइतबार

विराटनगर, जेष्ठ ६ः मोरङको विराटनगर महानगरपालिका –१७ मटेरुवाबाट अवैध चाँदीसहित दुई जना पक्राउ परेका छन् ।

भारतबाट नेपालतर्फ लुकाई छिपाई ल्याउदै गरेको चाँदीको गहनासहित मोरङ जहदा गाउँपालिका बस्ने २४ वर्षीय चन्दन साह र कटहरी गाउँपालिका –४ बस्ने पिन्टु साहलाई प्रहरीले प्रहरीले शनिवार साँझ पक्राउ गरेको हो ।

उनीहरुको साथबाट २३ थान औठी, ३ जोर पाउजु, २ वटा रिङ र टुक्रा समेत गरी आधा किलो चाँदी बरामद भएको छ ।

Advertisement

दुबै जनालाई अनुसन्धानका लागी इलाका प्रहरी कार्याय रानीमा राखीएको प्रहरीले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top