लागुऔषधसहित दुई युवक पक्राउ

५ जेठ ७५, आइतबार

विराटनगर, जेष्ठ ६ ः मोरङको विराटनगर महानगरपालिका –४ निमुवाबाट शनिबार लागुऔषधसहित दुई युवक पक्राउ परेका छन् ।

कोशी राजमार्ग अन्तरगत मोरङको निमुवामा शनिबार साँझ सवारी चेकजाँच गर्नेक्रममा मकवानपुर जिल्ला हेटौटा–४ बस्ने दिपेश श्रेष्ठ र सुनसरी धरान–११ बस्ने उमेश भट्टराईलाई प्रहरीले ३० एम्पुल टिडिजेसिकसहित पक्राउ गरेको हो।

उनीहरुको साथबाट लागुऔषध एभिल १० एम्पुल, डाइजेल्याब १० एम्पुल, लुपिजेसिक १० एम्पुल बरामद भएको छ ।

Advertisement

बरामद लागुऔषधसहित दुबै जनालाई इलाका प्रहरी कार्यालय निमुवामा राखिएको प्रहरीले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top