चार ल्याबलाई स्वास्थ्य मन्त्रालयले सोध्यो २४ घण्टे स्पष्टीकरण

७ मंसिर, काठमाडौं ।

Advertisement

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चार ल्याबलाई २४ घण्टे स्पष्टीकरण सोधेको छ ।

नेगेटिभ रिपोर्ट आएको नमुना एक महिनासम्म र पोजेटिभ आएको नुमना तीन महिनासम्म भण्डारण गरेर राख्नुपर्ने निर्णय पालाना नभएको भन्दै स्टार अस्पताल, सेन्ट्रल डायगनोस्टिक ल्यमबरोटरी, सिरिया हेल्थ केयर र ह्याम्स अस्पताललाई स्पष्टीकरण सोधेको मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका डा. जागेश्वर गौतमले जानकारी दिए।

Advertisement

विदेशबाट हवाई मार्ग तथा स्थलगत मार्गबाट नेपाल आउने यात्रुलाई यसभन्दा अघि भएका परीक्षण तथा क्वारेन्टाइनका सम्बन्धमा भएका सबै प्रावधानलाई खारेज गरिएको छ।

अब विदेशबाट आउनेहरुलाई अनिवार्य १४ दिन क्वारेन्टाइन बस्न व्यवस्था गर्न र त्यस अवधिमा कोरोना लक्षण तथा चिन्ह देखिएमा मात्र परीक्षण गर्ने गराउने कोरोना संकट व्यवस्थापन केन्द्रलाई पत्रचार गर्ने निर्णय भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top