ताप्लेजुङको घुन्सामा प्रधानमन्त्री ओली

८ मंसिर, विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओली आज पुनः पूर्वका दुई जिल्ला भ्रमणका लागि आएका छन् ।

१२ दिनअघि कात्तिक २६ गते संखुवासभामा आयोजित तीन कार्यक्रममा सहभागी भएर फर्किएका प्रधानमन्त्री केपी शर्मा ओली आज सोमबार पुनः ताप्लेजुङ र इलामको भ्रमणमा निस्किएका हुन् ।

ताप्लेजुङ र इलाममा ओलीको विषेश कार्यक्रम भने छैन । प्रधानमन्त्री ओलीले ताप्लेजुङमा एउटा सामुदायिक स्वास्थ्य चौकीको उद्घाटन गर्नेछन् । त्यसपछि स्थानीयसँग भेटघाट गर्नेछन् । घुन्सालाई नमुना गाउँ घोषणा गर्ने र स्थानीयलाई सम्बोधन गर्ने कार्यक्रम रहेको घुन्सा फाउन्डेसनका अध्यक्ष याङजुम शेर्पाले जानकारी दिइन् ।

Advertisement

ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी झरेन्द्रप्रसाद चापागाईंका अनुसार उत्तरी नाका ओलाङचुङगोलाको पनि अवलोकन गर्ने कार्यक्रम छ । ओलाङचुङगोला जानुअघि ताप्लेजुङको घुन्सामा निर्माण गरिएको सामुदायिक स्वास्थ्य चौकीको भवन उद्घाटन गर्ने उनले बताए ।

त्यसपछि भने प्रधानमन्त्री ओली इलाम आउनेछन् । इलामको सन्दकपुर गाउँपालिकाको सीमावर्ती क्षेत्रमा निर्माण भएको बोर्डर आउट पोष्ट(बीओपी)को निरिक्षण गर्नेछन् ।

Advertisement

सन्दकपुरको जौबारी भन्ने स्थानमा नयाँ बोर्डर आउट पोष्ट राखिएको छ । सोमबार प्रधानमन्त्री ओली बीओपी निरीक्षणका लागि आउने कार्यक्रम रहेको इलामका सहायक प्रमुख जिल्ला अधिकारी माधवप्रसाद ढुंगानाले जानकारी दिए ।

बीओपी निरीक्षणमा पुगेपनि सन्दकपुरमा रहेको श्रीअन्तु डाँडा भने नपुग्ने उनले बताए । श्रीअन्तु डाँडा प्रदेश १ प्रसिद्ध पर्यटकीय क्षेत्र हो । सामान्य अवस्थामा दैनिक सयौं आन्तरिक पर्यटक सूर्याेदय हेर्नका लागि पुग्ने गरेका छन् ।

भ्रमण टोलीमा प्रधानमन्त्री ओलीसँगै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलका उपनेता सुवास नेम्वाङ, संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराई र प्रदेश-१ का मुख्यमन्त्री शेरधन राई पनि छन् ।

कात्तिक २६ मा प्रधानमन्त्री ओलीले संखुवासभाको किमाथाङकामा निर्माण गरिएको बीओपी, उत्तर दक्षिण सडक र अरुण तेस्रोको ड्याम स्थल निरीक्षण गरेका थिए । दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरेपछि ओली दोस्रो पटक उपत्यका बाहिरको कार्यक्रममा निस्किएका हुन् ।

Advertisement

भर्खरको समाचार

बालेन शाह र EVM ले ततायो रास्वपाको महाधिवेशन

PM Balen Shah_-194

नेपाल अमेरिकाको ‘निगरानी थलो’ रुमुख्य ध्यान तिब्बती शरणार्थीमा

c547005d-c2fa-416d-ab48-e688406363ff

कतारले उपहार दिएको बोइङ कस्तो बन्यो ? ट्रम्पले देखाए

260619-air-force-one-mn-1625-c97bb6

कोशी प्रदेशमा देखियो यस वर्षको मनसुन

mausam-2075-12-18-768x388

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

सम्बन्धित समाचार

Scroll to Top