खोटाङ जिल्लाका छ स्थानीय तहमा विद्यालय खुल्यो, चारमा अझै अन्योल

८ मंसिर ७७, मंगलबार

९ मंसिर, खोटाङ ।
खोटाङ जिल्लाका दशमध्ये छ स्थानीय तहले बन्द रहेको विद्यालय पुनःसञ्चालन गरेका छन् ।

कोरोना महामारीका कारण शिक्षण संस्था बन्द हुँदा शैक्षिक कार्यतालिका नै प्रभावित भएपछि सङ्घीय सरकारले स्थानीय तहलाई विद्यालय चलाउन अनुमति दिएसँगै सामुदायिक विद्यालयमा पठनपाठन शुरु भएको हो ।

स्वास्थ्य मापदण्ड पालना गर्दै शिक्षण सिकाइ क्रियाकलाप अघि बढाउन अधिकार प्रत्यायोजन भएपछि हाल कतिपय स्थानीय तहले पठनपाठन सञ्चालन गराइसकेका छन् भने कतिपय शुरु गर्ने तयारीमा जुटेका छन् । लामो समयपछि विद्यालय खुलेपछि विद्यार्थीमा कोरोना सङ्क्रमणको जोखिम भने बढेको छ ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर सोमबारदेखि विद्यालय खुलाएको छ ।

विद्यालयको पठनपाठनलाई नियमित गराउन स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्ने विधि, थर्मलगन चलाउने सीप, स्यानिटाइजर प्रयोगलगायतका बारेमा विद्यालयले तोकेका फोकल पर्सन ९शिक्षक०लाई राखेर तालिम दिएर विद्यालय सञ्चालनमा ल्याएको हो ।

पन्ध्र वडा रहेको नगरपालिकामा ९४ सामुदायिक र ११ निजी विद्यालय सञ्चालनमा छन् । नगरपालिकाले बिहानको प्रार्थना नगर्ने, सकेसम्म एउटा बेञ्चमा दुई विद्यार्थी नराख्ने, शिक्षक, विद्यार्थी र अभिभावकले अनिवार्य मास्क लगाउने, टिफिन नगर्ने, भौतिक दूरी कायम गरेर बस्ने भन्दै प्रत्येक विद्यालयलाई थर्मलगन उपलब्ध गराएको छ ।

यस्तै विद्यार्थीलाई ज्वरो आएमा निको नभएसम्म विद्यालय नआउने व्यवस्थाका लागि फोकल पर्सन तोक्ने, घर जाँदा कक्षाबाट सरासर घर पुग्ने वातावरण बनाउने, पाठ्यपुस्तक, कापीकलम, मार्कर, खेल सामग्री आदि एकअर्कासँग साटासाट नगर्ने, विद्यार्थी–विद्यार्थीबीच एकअर्कासँग घुलमिल हुन नदिनेलगायतका २९ बुँदे स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्दै विद्यालय खुलाउन निर्देशन दिइएको नगरप्रमुख दीपनारायण रिजालले बताए ।

उता हलेसी तुवाचुङ नगरपालिकाले भने अहिलेसम्म अवरुद्ध विद्यालय पुनःसञ्चालन गराउने मिति तय गरेको छैन तर पठनपाठनलाई नियमित गराउन अन्तरिक तयारी गरिरहेको जनाएको छ ।

पठनपाठनलाई सुरक्षित तरिकाले सञ्चालन गराउन भौतिक तथा शैक्षिक वातावरण निर्माण गर्न विद्यालयलाई निर्देशन दिइएको नगरप्रमुख इवन राईले बताएका छन् । हलेसी तुवाचुङमा ८८ सामुदायिक र चार निजी विद्यालय सञ्चालनमा छन् ।

जिल्लाको रावाबेँसी गाउँपालिकाले कक्षामा न्यून सङ्ख्यामा विद्यार्थी राखेर यही मङ्सिर ३ गतेदेखि नै पठनपाठन सञ्चालन गराएको छ ।

पठनपाठनलाई थप प्रभावकारी बनाउन सोमबार शिक्षा समितिको बैठक बोलाएको थियो । रावाबेँसीमा २८ सामुदायिक विद्यालय सञ्चालनमा छन् ।

बयालीस सामुदायिक र एक निजी विद्यालय रहेको जिल्लाको उत्तरी क्षेत्रमा पर्ने ऐंसेलुखर्क गाउँपालिकाले आइतबारदेखि विद्यालय खुलाएर नियमित पठनपाठन शुरु गरेको छ ।

विद्यार्थी सङ्ख्या सबैभन्दा बढी भएको उक्त गाउँपालिकामा कक्षा र विद्यार्थीको रोल नम्बरलाई नै जोरबिजोर प्रणाली अपनाएर पठनपाठन गराइएको गाउँपालिका प्रमुख विश्वनाथ निरौलाले जानकारी दिए ।

केपिलासगढी गाउँपालिकाले पनि आइतबारदेखि नै विद्यालय सञ्चालन गराएको छ । यही मङ्सिर ५ गते बसेको गाउँ शिक्षा समितिको निर्णयानुसार सबै विद्यालय खुलाइएको गाउँपालिका प्रमुख कृष्णकुमार राईले बताए ।

सो गाउँपालिकामा ३७ सामुदायिक र दुई निजी विद्यालय छन् । भदौ ३ गतेसम्म गाउँटोलमै सिकाइ सहजीकरण गरेको दिप्रसङ चुइचुम्मा गाउँपालिकाले पुनः असोज ११ देखि निरन्तर पढाइ सञ्चालन गरिरहेको छ ।

हाल गाउँपालिकाभरका विद्यालयमा भौतिक दूरी कायम गरेर पठनपाठन भइरहेको गाउँपालिका प्रमुख भूपेन्द्र राईले बताए । उक्त गाउँपालिकामा ४८ सामुदायिक र दुई निजी विद्यालय छन् ।

जन्तेढुङ्गा गाउँपालिकाले सोमबारदेखि नै विद्यालय सञ्चालन गराएको छ । विद्यार्थीको चापका आधारमा सिफ्ट बनाएर भौतिक दूरी कायम गर्दै मास्क अनिवार्य लगाउने व्यवस्था मिलाएर पठनपाठन शुरु गरिएको गाउँपालिका प्रमुख शङ्करबहादुर राईले जानकारी दिए ।

जन्तेढुङ्गामा ३६ सामुदायिक र एक निजी विद्यालय छन् । खोटेहाङ गाउँपालिकामा विद्यालय सञ्चालन गराउने विषयमा बैठक बोलाइएको छ ।

अवरुद्ध विद्यालयको पठनपाठन गर्ने या नगर्ने निर्णय कार्यपालिका बैठकबाट फुकाइने गाउँपालिका प्रमुख प्रदीपकुमार राईले बताए । खोटेहाङमा ४९ सामुदायिक र दुई निजी विद्यालय सञ्चालनमा छन् ।

यस्तै साकेला गाउँपालिकाले पनि पठनपाठन सञ्चालन गराउने तयारी गरिरहेको जनाइएको छ । वैकल्पिक सिकाइ सहजीकरणका लागि विद्यालयलाई कार्ययोजना पेश गर्न भनिएको तथा सोही कार्ययोजनाका आधारमा कक्षा चलाउने गरी तयारी भइरहेको गाउँपालिका प्रमुख अर्जुनकुमार खड्का ‘झङ्कार’ले जानकारी दिए ।

स्वास्थ्य सुरक्षा अपनाउँदै बिहान १० देखि दिउँसो १ बजेसम्म नियमित कक्षा सञ्चालन गर्ने तयारी गरिएको गाउँपालिकाले जनाएको छ । साकेलामा २८ सामुदायिक र एक निजी विद्यालय सञ्चालनमा छन् ।

जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने बराहपोखरी गाउँपालिकाले ११ मङ्सिरदेखि विद्यालयमा नियमित पठनपाठन गराउने तयारी गरेको छ । कक्षा सञ्चालनका क्रममा भौतिक दूरी कायम गरिने गाउँपालिकाले जनाएको छ ।

बराहपोखरीमा ३५ सामुदायिक विद्यालय सञ्चालनमा छन् ।  लामो समयदेखि बन्द रहेको विद्यालयलाई पुनः नियमित पठनपाठन सञ्चालन गर्न स्थानीय तहले निर्देशन दिए पनि विद्यार्थी सङ्ख्या भने कम मात्र सहभागी हुने गरेको शिक्षकहरुले बताएका छन् ।

जिल्लाका कतिपय विद्यालयमा अध्ययनरत विद्यार्थी घर गएकाले पनि आउन बाँकी रहेको उनीहरुको भनाइ छ ।(रासस)

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top