रेष्टुरेन्टमा जुवा खेलिरहेका सात जना पक्राउ

८ मंसिर ७७, मंगलबार

९ मंसिर, दाङ ।
दाङबाट सात जुवाडेलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

Advertisement

जिल्ला प्रहरी कार्यालय दाङका अनुसार राप्ती गाउँपालिका–२ लालमटियास्थित गोपाल खत्रीको घरमा राप्ती गाउँपालिका–३ निवासी २१ वर्षीय यमबहादुर राणाले सञ्चालन गरेको राप्ती फेम्ली रेष्टुरेन्टमा जुवा खेलिरहेको अवस्थामा रु एक लाख ४६ हजारसहित उनीहरुलाई पक्राउ गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक सुमित खड्काका अनुसार प्युठान सरुमारानी गाउँपालिका–३ निवासी ५० वर्षीय चुमानसिंह सुनार, सोही ठाउँका ३५ वर्षीय अल्ली शाह, सरुमारानी–१ का २४ वर्षीय एडिस मियाँ, सोही ठाउँका ४० वर्षीय अकबर हुसेन मियाँ, सोही गाउँपालिका–३ निवासी ४४ वर्षीय कृष्णबहादुर राना, राप्ती गाउँपालिका–२ निवासी यमबहादुर राना र सोही गाउँपालिका–१ निवासी ४२ वर्षीय रुपेश आलेलाई पक्राउ गरिएको हो ।

Advertisement

उनीहरुको साथबाट जुवामा प्रयोग हुने १० गड्डी तास र एक थान गलैँचासमेत बरामद गरेर अनुसन्धान थालिएको प्रहरीले बताएको छ ।(रासस)

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top