कांग्रेस अहिले सत्ता साझेदार बन्दैनः प्रकाशशरण महत

९ मंसिर ७७, मंगलबार

९ मंसिर, कपिलवस्तु ।
प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाको भेटलाई सामान्य कुरा भन्दै कांग्रेस सहमहामन्त्री प्रकाशशरण महतले कांग्रेस अहिले सत्ता साझेदार नबन्ने बताएका छन्।

Advertisement

ओली र देउवाको भेटमा सत्ता साझेदारीका लागि छलफल भएको भन्ने कुरा गतल भएको भन्दै उनले यसलाई धेरै व्याख्या गर्नुपर्ने आवश्यकता नरहेको बताए

नेपाल प्रेस युनियन कपिलवस्तु शाखाले तौलिहवामा राखेको पत्रकार भेटघाट कार्यक्रममा नेता महतले भने, ‘कांग्रेस अहिले सत्ता साझेदारमा जाँदैन।’

Advertisement

उनले ओली–देउवाबीच विपक्षी दलसँग संवैधानिक निकायलगायत विषयमा रुलिङ गर्नका लागि मात्र छलफल भएको दाबी गरे। ओली नेतृत्वको सरकार पूर्णतया असफल भएको उनको दाबी छ।

अहिलेको सरकार भ्रष्टाचारमा डुबेको भन्दै अर्का अध्यक्ष पुष्पकमल दाहालले नै राजनीतिक प्रतिवेदन पेस गरेर प्रमाणित गरेको उनले तर्क गरे।

Advertisement

उनले देशमा अहिले विदेशी हस्तक्षेपसमेत बढेको र ओलीको राष्ट्रियताको नारा सबै झुठो साबित भएको बताए। ‘ओलीले देखाएका सपना सबै झुठो सावित भएका छन्, जनताले सबै कुरा बुझेका छन्,’ उनले भने।

नेकपाको दुई तिहाइको सरकारलाई जनताले हेरिसकेकाले अब आउने निर्वाचनमा कांग्रेसले यसलाई अवसरको रुपमा लिनुपर्ने उनको धारणा छ। नेता महतले कोभिड महामारीमा समेत वर्तमान सरकारले केही गर्न नसकेको र २० अर्ब रुपैयाँको लेखाजोखासमेत नदेखाएको बताए।

कोभिड अनुगमन समितिका संयोजकसमेत रहेका उनले ५ महिना बढीको लकडाउनमा जनताले कुनै राहत नपाएका, उपचारसमेत राम्रो नभएको, सर्वोच्च अदालतको समेत आदेशको पालना नगरेको बताए।

उनले आगामी फागुनमा गर्ने भनिएको पार्टी महाधिवेशनसमेत कोभिडका कारण अन्योलमा परेको जानकारी दिए। उनले पार्टीका केन्द्रीय नेताहरूबीच ठूलो मतभिन्नता नरहेको दाबी गरे।

उनले भने, ‘आफू उम्मेदवार हुने भएकाले केही कुरा केन्द्रीय नेताबाट आएको र त्यसलाई ठूलो मतभिन्नता भन्न मिल्दैन।’

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top