×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

बालिकाको बलात्कारपछि हत्या भएको भन्दै प्रदर्शन, प्रहरीद्वारा रबरको गोली र अश्रुग्याँस प्रहार

९ मंसिर २०७७

९ मंसिर, बर्दिवास । महोत्तरीको बर्दिवासमा भइरहेको प्रदर्शन नियन्त्रणमा लिन प्रहरीले रबरको गोली चलाएको छ ।

मंगलबार दिउँसो प्रहरीले चलाएको रबरको गोली लागेर दुई जना घाइते छन्।

Advertisement
Advertisement

बर्दिवास नगरपालिका वडा नम्बर ५ का श्याम कार्की र वडा नम्बर १४ का अफताव आलम घाइते भएको प्रहरीले जानकारी दिएको छ।

बलात्कारपछि हत्या भएको भन्दै आफन्तले प्रदर्शन कार्कीलाई चार वटा रबरको गोली लागेको छ भने आलमको टाउकोमा चोट छ। उनीहरूको शुभस्वस्तिक अस्पतालमा उपचार भइरहेको छ।

बर्दिवास नगरपालिका वडा नम्बर १४ को शुभम् वस्तीबाट हराएकी ६ वर्षिया बालिका गुलाव साहको शव सोमबार राति फेला परेको थियो।

उनको बलात्कारपछि हत्या भएको भन्दै आफन्तले प्रदर्शन गरिरहेका छन् । भिड नियन्त्रण लिन प्रहरीले अश्रुग्याँस र रबरका गोली चलाएको छ।

प्रदर्शनमा उत्रिएकाहरूले महेन्द्र राजमार्ग बन्द गरेका छन्। उनीहरूले सडकमा प्रदर्शन जारी राखेका हुन्। उक्त घटनाका दोषीलाई पक्राउ र कारवाहीको माग उनीहरूले गरेका हुन्।

घटनामा सम्लग्न रहेको आरोपमा प्रदर्शनकारीले गौशाला नगरपालिका वडा नम्बर ५ का अरूणकुमार साहको बर्दिवासस्थित घरमा आगजनी गरेका छन्।

Advertisement

प्रहरीले घटनाका दोषीलाई पक्राउ गर्ने र घटनाबारे थप अनुसन्धान गर्ने कार्य भइरहेको जनाएको छ।

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top