बर्दिबास प्रदर्शनमा प्रहरीले धैर्यता गुमायोः कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादव

१० मंसिर ७७, बुधबार
Share this
730shares

१० मंसिर, महोत्तरी । महोत्तरीको बर्दिबासमा भएको बालिका हत्या घटनाको विरोध प्रदर्शनमा प्रहरीले धैर्यता गुमाएको प्रदेश २ का आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्रकुमार यादवले बताएका छन् ।

Advertisement

बालिका हत्याको घटनामा पीडित पक्षले न्याय पाउनुपर्ने बताउँदै मन्त्री यादवले हिजो बालिकाको हत्याको विरोधमा भएको शान्तिपूर्ण प्रदर्शनलाई तितरवितर पार्न गोली चलाएर प्रहरीले संयमता गुमाएको बताए।

हिजोको आन्दोलनमा प्रहरीले केका लागि र किन गोली चलाएको भन्नेबारे महोत्तरीका प्रमुख जिल्ला अधिकारीसँग जवाफ मागिएको मन्त्री यादवले बताए।

Advertisement

प्रदेश सरकारले घटनाबारे प्रत्यक्ष रूपमा अनुगमन गरिरहेको बताउँदै घटनाको सम्बन्धमा प्रदेश सरकार गम्भीर रहेको उनले दाबी गरेका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top