मिचाहा प्रजातिका झार हटाउन ‘वाटर मुभर’ मेशिनको प्रयोग

६ जेठ ७५, सोमबार

रत्ननगर, चितवन, ७ जेठ (रासस) ः विश्व रामसार सूचीमा सूचीकृत चितवनको टिकौली जंगलस्थित जैविकमार्ग (कोरिडोर)मा रहेको बिसहजारी तालबाट मिचाहा प्रजातिका झार हटाउन पहिलो पटक मेशिनको प्रयोग भएको छ ।

Advertisement

विश्व वन्यजन्तु कोष (डब्लुडब्लुएफ)को रु छ लाख लगानीमा नेपाली इञ्जिनियरले बनाएको ‘वाटर मुभर’ मेशिन उक्त तालमा झार निकाल्न प्रयोग गरिएको हो ।

विगत एक महिनादेखि गरिएको परीक्षण सफल भएकाले आइतबार सो यन्त्र ताल संरक्षणमा खटिएको बरण्डाभार र मृगकुञ्ज उपभोक्ता समितिलाई हस्तान्तरण गरिएको छ ।

Advertisement

विश्व वन्यजन्तु कोष अमेरिकाका उपाध्यक्ष रोवर्ट ट्रोयाले उक्त यन्त्रको फाइल सो दुई उपभोक्ता समितिका अध्यक्षद्वय देवराज सापकोटा र वासु ढुंगानालाई हस्तान्तरण गरे ।

ट्रोयाले मेशिनको प्रयोगले मिचाहा प्रजातिका झार हटाएर ताल स्वच्छ पार्न सहयोग पुग्ने विश्वास व्यक्त गरे । तीन महिनाको अथक प्रयासमा पुल्चोक इञ्जिनियरिङ कलेजमा अध्ययन गरेका इञ्जिनियरले उक्त मेशिन तयार पारेर यहाँ परीक्षण गरिएको भन्दै विश्व वन्यजन्तु कोष नेपालका एक प्रतिनिधि गोकर्णजंग थापाले आगामी दिनमा अझै परिमार्जित गरेर यन्त्र निर्माण गर्ने बताए ।

Advertisement

उनका अनुसार उक्त वाटर मुभर निर्माणमा रामराज खनाल, सुवास न्यौपाने, घनश्याम चौधरी र रिमा पंथी सहभागी थिए । अहिले उक्त यन्त्रका कारण बिसहजारी तालमा झार निकालिएपछि सफा बन्दै गएको छ ।

विश्व वन्यजन्तु कोष नेपालका आवासीय प्रतिनिधि घनश्याम गुरुङले संरक्षित क्षेत्रका तालको सरसफाइमा बाहिरी देशको भर पर्न नपरोस् भनेर मेशिन निर्माणमा सहयोग गरेको भन्दै आगामी दिनमा मेशिनको परिमार्जन र उच्चस्तरको बनाउन सहयोग गर्ने प्रतिबद्धता जनाए । उक्त मेशिनको क्षमता एक पटकमा एक टन निकाल्ने छ ।
३२ हेक्टरमा फैलिएको ताल मुख्य गरी चरा चुरुंगी, गैँडा, बाघ, चित्तल, जरायो, मृग, गोहीलगायत वन्यजन्तुका लागि महत्वपूर्ण मानिन्छ । यहाँ पर्यटकको आकर्षण बढदै गएको छ ।
रासस

 

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top