×

NEPAL TIMES UPDATES

Playing
Top 15 Afternoon News || May-04-2026 || Nepal Times
May 04, 2026
Playing
शक्तिशाली देशमा राजदूत कसरी नियुक्त गरिन्छ ? खुल्ला प्रतिष्पर्धाबाट गर्दा के हुन्छ ?|| Nepal Times
May 04, 2026
Playing
बालेन सरकार र शीतल निवासबीचको सम्बन्धमा दरार ? यस्ता छन् ३ विकल्प|| Nepal Times
May 04, 2026
Playing
रास्वपामा नयाँ प्रयोगः’क्यान्डिडेट क्लब’ बाट टिकट ,नयाँलाई नदिने|| Nepal Times
May 04, 2026
Playing
चुच्चे नक्सा कागजमै सीमित हुने हो त? || Nepal Times
May 04, 2026
Playing
डोजरबारे बोले प्रधानमन्त्रीः ‘कोही पनि घरबारविहीन हुनुपर्दैन’ || Nepal Times
May 04, 2026
Playing
Trumpको घोषणासँगै तेलको मूल्यमा गिरावट || Nepal Times
May 04, 2026
Playing
लिपुलेकमा बालेन सरकारको चट्टानी अडान, भारत र चीनलाई कडा पत्र || Nepal Times
May 04, 2026
Playing
चैत १२ गते अघि नियुक्त भएका १५९४ पदाधिकारी एकमुष्ट पदमुक्त|| Nepal Times
May 03, 2026
Playing
१८१६ सुकुम्बासी परिवार सरकारी सम्पर्कमा, ७९४ जना होल्डिङ सेन्टरमा || Nepal Times
May 03, 2026

मजबुत बन्दैछ सीमा, बढ्दैछ सुरक्षा

१२ मंसिर २०७७

१२ मंसिर, इलाम ।

दुई वर्षअघिसम्म नेपाल–भारत सीमा क्षेत्रमा नेपालतर्फको सुरक्षा संयन्त्र नपुग्दा त्यस क्षेत्रका बासिन्दाले अनेकन पीडा खेप्नुपर्यो । आफैँले भोगचलन गर्दै आएको जग्गामा खेती गर्दा र संरचना बनाउँदासमेत पटक–पटक भारतीय सीमा सुरक्षा निकाय (एसएसबी)को गाली खानुपर्यो ।

Advertisement
Advertisement

भारततर्फ बाक्लो सुरक्षा रहे पनि नेपालमा सुरक्षा निकाय नहुँदा यस क्षेत्रका बासिन्दाले भारतको नियन्त्रणमै रहनुपथ्र्यो तर अब भने सीमावर्ती क्षेत्रका बासिन्दाले अलि हल्का सास फेर्न थालेका छन् । नेपालतर्फ पनि ठाउँठाउँमा सशस्त्र प्रहरीको बिओपी (बोर्डर आउट पोष्ट) स्थापना भएपछि पुराना समस्या हल हुने स्थानीयवासीको अनुमान छ । हुन पनि सीमावर्ती क्षेत्रमा पाँच महिनाको अवधिमा पाँचवटा बिओपी स्थापना गरिएको छ ।

सूर्योदय नगरपालिकाको पशुपतिनगरमा अघिल्लो वर्ष नै बिओपी स्थापना भएको थियो भने कालपोखरी, छब्बिसे, सलकपुर, समाल्बुङ र जौबारीमा बिओपी स्थापना भइसकेको छ । जौबारीमा सोमबार मात्रै बिओपी स्थापना गरिएको हो । सरकारले बिओपी स्थापनाका लागि स्वीकृति दिएको मानेभञ्ज्याङमा मात्रै बिओपी राख्न बाँकी छ । मानेभञ्ज्याङमा पनि बिओपी स्थापनाका लागि तयारी भइरहेको बताइएको छ ।

सीमामा प्रहरी निरीक्षकको नेतृत्वमा बिओपी खडा गरिएको प्रमुख सशस्त्र प्रहरी उपरीक्षक सुधीरजङ्ग थापाले बताउनुभयो । छोटो समयमा सुरक्षाका लागि बिओपी बने पनि यति मात्र सुरक्षाले सीमा पूर्ण हुने अवस्था छैन । भारततर्फ एसएसबीको क्याम्प नै बसेकाले पनि ठूलै सङ्ख्यामा सुरक्षा खटाउनुपर्ने देखिन्छ । थापाका अनुसार अहिले पनि बिओपीमा तोकिएबमोजिमको सुरक्षा दिन जनशक्तिको अभाव छ ।

कालपोखरीको बिओपी स्थापनाका लागि एक स्थानीयले छ महिनाका लागि निःशुल्करूपमा आफ्नो घर दिएका छन् भने छब्बिसेमा एक वर्षका लागि निःशुल्क घर उपलब्ध गराएपछि बिओपी राखिएको छ । ती ठाउँमा आफ्नै संरचना बनाउनका लागि जग्गाको खोजी भइरहेको र जग्गा प्राप्त भएपछि संरचना निर्माण अघि बढाइने सशस्त्र प्रहरी उपरीक्षक थापाले बताए ।

प्रदेश नं १ का कृषि तथा सहकारी राज्यमन्त्री एवं इलाम क्षेत्र नं २ का प्रदेशसभा सदस्य राम रानाका अनुसार सीमाको गतिविधिलाई बुझ्दै निरन्तर जनशक्ति बढाउँदै लगिने छ । विगतमा सर्वसाधारणले मात्र सुरक्षा दिइरहेको सीमामा अब सुरक्षाकर्मी थपिएपछि क्रमशः सङ्ख्या र संरचना बढाउँदै लगिने उनको भनाइ छ । “पहिले गोठालाले मात्र सीमाको रक्षा गर्नुपथ्र्यो, अब केही दह्रो भयो”, उनले भने । नेपालतर्फबाट सुरक्षा नपुगेकै कारण कतिपय क्षेत्रमा गाडिएका पिलर पनि गुमनाम बनाइएको छ ।

जिल्लाकै अग्लो सन्दकपुर गाउँपालिकास्थित सन्दकपुर (३६३६ मि) मा त गाउँपालिकाले निर्माण गर्दै रहेको भवनमा समेत भारतीय पक्षले झमेला गरेको छ । सुरक्षा स्थिति फितलो हुँदा कतिपय सीमास्तम्भसमेत गायब भइसकेका छन् । जिल्लाले छोएको भारतीय सीमामा १७ मुख्य सीमास्तम्भ हुनुपर्नेमा १६ मात्रै फेला परेका छन् । रोङ गाउँपालिका–६ मेचीखोलाको ८१ पिपी–१० नम्बरको सीमास्तम्भ गायब छ । एउटा सीमास्तम्भ हराएको भए पनि गाडिएको स्थान भने पत्ता लगाउन सकिने ठाउँमा पाइएको छ । भएका १६ मध्ये पनि १२ वटा मर्मत गर्नुपर्ने अवस्थामा छन् भने साढे ५२ किलोमिटर दूरीमा चार मुख्य सीमास्तम्भ मात्रै सग्ला पाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

यसका लागि पनि सीमामा पर्याप्त सुरक्षा आवश्यक पर्ने बताउनुहुन्छ सन्दकपुर गाउँपालिकाका प्रवक्ता गिरिराज खनाल । सीमा सुरक्षाका लागि स्थापना भएको बिओपीले सीमाको निगरानी, सीमास्तम्भको अभिलेखीकरण, त्यसको सुरक्षा, भारतीय सीमा सुरक्षा (बल एसएसबी)सँग संयुक्त गस्ती, चोरी तस्करी नियन्त्रण र सीमामा समन्वयको काम गर्नेछन् ।

Advertisement

अहिलेसम्म स्थापना भएका छवटा बिओपी सरदर साढे सात किलोमिटर हाराहारी पर्नुपर्ने हो । तर कुनै बिओपीलाई चार किलोमिटर दूरी पर्छ भने कुनैको भागमा १२ किलोमिटरसम्मको दूरी पर्छ । कुनै ठाउँमा बिओपीको आवश्यकता परेमा थप गर्ने प्रहरी उपरीक्षक थापाले बताए । रासस

भर्खरको समाचार

रास्वपाबाट पालिकाको उम्मेदवार बन्न पनि चुनाव जित्नु पर्ने

balen rabi rasopa team

अमेरिकी एफ–३५ लडाकु विमान खसाल्ने चिनियाँ ‘ट्युटोरियल’ भाइरल

Screenshot 2026-05-04 132111

होर्मुजमा ट्रम्पले घोषणा गरेको प्रोजेक्ट फ्रिडम के हो ?

HORMUZ

बालेन सरकार र शीतल निवासबीचको सम्बन्धमा दरार ? यस्ता छन् ३ विकल्प

42412c11-68f9-4814-ade7-2710d505dd4c

लिपुलेकबारे नेपालको कडा नोटपछि मध्यरातमा भारतले के दियो जवाफ ?

Screenshot 2026-05-04 102749

जर्मनीबाट ५ हजार सेना फर्काउँदै अमेरिका, इरान युद्धले बढायो विवाद

iran-flag_TkC5X0MaQr

आज पनि वर्षा र हुरी, कहाँको मौसम कस्तो ?

mausam-2075-12-18-768x388

ट्रम्पले फेरि अस्वीकार गरे इरानको शान्ति प्रस्ताव, वार्ता अनिश्चिततामा

trump

अमेरीका, भारत र चीनको हेपाहा प्रवृत्ति बढ्दो

americachinawar1_20211222151231_NBqGAkGsuo

नयाँ दलहरू स्थानीय तह निर्वाचनको तयारीमा जुट्दा पुराना दलहरू आन्तरिक कलहमा

harka-sampang-samsad (1)

सम्बन्धित खबरहरु

Scroll to Top