ओली र दाहालको पत्र दोहोरीमा वामदेव खुसी, बैठक बस्न हुँदैन भन्नेलाई महासचिवले साथ दिएको आरोप

१३ मंसिर ७७, आइतबार

१४ मंसिर, काठमाडौं ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको पत्र दोहोरीमा सचिवालय सदस्यसमेत रहेका उपाध्यक्ष वामदेव गौतमले खुसी व्यक्त गरेका छन्।

शनिवारको सचिवालयमा गौतमले पार्टीबाहिर छरिएका विचारहरु पार्टीमा भित्रिएकोमा खुसी व्यक्त गरेका हुन्। अब चाहेमा समस्या पनि समाधान गर्न सकिने गौतमले बताएका छन् ।

त्यस्तै बैठक बस्नेसम्बन्धी पार्टीमा विधिविधान हुँदाहुँदै पनि व्यवस्थापनमा कुशलता नदेखिएको उनले आरोप लगाएका छन्। व्यवस्थापनमा विवेक पुर्‍याउन नसक्दा ठूलो समस्या पैदा भएको आरोप लगाउँदै उनले महासचिव विष्णु पौडेललाई यस्ता विषयमा साथ दिन नहुने पाठसमेत पढाएका छन्।

Advertisement

बैठक बस्दा दुबै अध्यक्षको सहमति हुनुपर्छ भन्नुको अर्थ बैठक बस्न नदिने गरी विचार राख्न र अवरोध गर्न कुनै पनि अध्यक्षले पाइन्नँ।

पार्टी विधानमा आवश्यकताबमोजिम बैठक बस्ने भन्ने व्यवस्था भएका कमिटीहरुका एकजना सदस्यले औचित्य पुष्टि हुने गरी बैठक वस्न माग गरेमा मात्र पनि महासचिवले अध्यक्षसँग परामर्श गरी बैठक बोलाउनुपर्छ, उनले भनेका छन्, यस्ता व्यवस्थापनसित सम्बन्धित विषयमा पनि विवेक पुर्‍याउन नसक्नेलाई के भन्नु ? यत्ति व्यवस्था मिलाउन नसक्दा पार्टीमा यति ठूलो समस्या पैदा भयो।

Advertisement

बैठक बस्न हुन्न भन्ने विचारलाई महासचिवले साथ दिनुहुन्न। नेकपाको शनिबार बसेको सचिवालय बैठकका सम्बन्धमा आफ्नो धारणा सार्वजनिक गर्दै गौतमले सो कुरा बताएका हुन् । गौतमले बैठक बस्ने वातावरण बनाउन मेहनत गर्नेहरुलाई धन्यवाद पनि दिएका छन् ।

शनिबारको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले आफूमाथि लागेका आरोपहरुको लिखित जवाफ दिएका थिए । त्यसअघिको बैठकमा कार्यकारी अध्यक्ष प्रचण्डले माधव कुमार नेपाल, झलनाथ खनाल, बामदेव गौतम र नारायणकाजी श्रेष्ठसमेतको सहमति रहेको प्रस्ताव पेश गरेका थिए ।

सो प्रस्तावमा ओली र उनले नेतृत्व गरेको वर्तमान सरकारको कार्यशैलीमा प्रश्न उठाउँदै बिभिन्न आरोपहरु लगाइएका थिए ।

सुरुमा ओली पक्षले प्रचण्डले पेस गरेको सो प्रस्ताव आरोप पत्र मात्र भएको भन्दै बैठक नबस्ने अडान लिएको थियो । तर १० दिनको समय लिएर तयार पारिएको जवाफ ओलीले शनिबारको बैठकमा पेश गरेका थिए ।

शनिबारको बैठक बस्ने वातावरण बनाउन मिहेनत गर्नेहरुलाई गौतमले धन्यवाद दिएका छन् । ‘यो बैठक बस्ने जो–जसले मिहेनत गर्नुभयो उहाँहरुलाई धन्यवाद छ ।

बैठकमा आफूलाई लागेको कुरा खुला–खुलस्त, विनालप्पन–छप्पन, मौखिक–लिखित रुपमा विचार राख्नु हुने दुवै अध्यक्षलाई म हार्दिक धन्यवाद दिन्छु,’ गौतमले भनेका छन् ।

Advertisement

भर्खरको समाचार

बालेन शाह र EVM ले ततायो रास्वपाको महाधिवेशन

PM Balen Shah_-194

नेपाल अमेरिकाको ‘निगरानी थलो’ रुमुख्य ध्यान तिब्बती शरणार्थीमा

c547005d-c2fa-416d-ab48-e688406363ff

कतारले उपहार दिएको बोइङ कस्तो बन्यो ? ट्रम्पले देखाए

260619-air-force-one-mn-1625-c97bb6

कोशी प्रदेशमा देखियो यस वर्षको मनसुन

mausam-2075-12-18-768x388

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

सम्बन्धित समाचार

Scroll to Top