शताब्दी पुरानो विवादलाई लिएर सर्विया र मोन्टेनेग्रोद्वारा एकअर्काका राजदूतलाई देशनिकाला

१४ मंसिर, एजेन्सी । पूर्व युगोसलाभ गणराज्य सर्विया र मोन्टेनेग्रोले एकअर्काका राजदूतलाई देशनिकाला गरेका छन् ।

झण्डै शताब्दी पुरानो ऐतिहासिक विवादलाई लिएर उनीहरूले एकअर्को राजदूतलाई देश छाड्ने आदेश दिएका हुन् ।

मोन्टेनेग्रोका लागि सर्वियाली राजदूत भ्लादमिर बोजोभिकले सन् १९१८ मा सर्वियासँग एकता गर्ने मोन्टेनेग्रोका अधिकारीहरूको निर्णयलाई ’मुक्ती’ बताएपछि दुई देशले एकअर्काका राजदूतलाई देश छाड्ने आदेश दिएका हुन्।

Advertisement

भ्लादमीरको यो भनाइलाई मोन्टेनेग्रोले आन्तरिक मामिलामाथिको हस्तक्षेप भएको भन्दै ७२ घण्टाभित्र आफ्नो मुलुक छाड्न आदेश दिएको थियो।

सोको बदलामा सर्वियाले पनि मोन्टेनेग्रोका राजदूत टार्जन मिलोसोभिचलाई देश छाड्ने आदेश दिएको हो।

Advertisement

सन् १९१८ मा मोन्टेनेग्रोको संसदले आफू सर्वस् राज्य, क्रोट्स र स्लोभेन्सको हिस्सा हुने निर्णय गरेको थियो। यसलाई युगोसलाभिया नामले चिनिन्छ। सन् २००६ मा मोन्टेनेग्रोले आफूलाई स्वतन्त्र र सार्वभौम देश घोषणा गरेको थियो।

मोन्टेनेह्रियन सर्वहरूको एक संस्थाको छलफलमा बोजोभिकले सन् १९१८ को सो निर्णयलाई ’पितृदेशसँग एकतावद्ध हुने मानिसहरू स्वतन्त्र अभिव्यक्ति’ भनेर व्याख्या गरेका थिए।

मोन्टेनेग्रोको विदेश मन्त्रालयले बोजोभिकको सो अभिब्यक्ति कुटनीतिज्ञ मर्यादा विपरीतको भएको प्रतिक्रिया दिएको छ।

मन्त्रालयले उनलाई कयौं मौखिक तथा लिखित चेतावनी दिइएको पनि जनाएको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top