सुनको भाउ ६ सयले घट्यो, प्रतितोला ९० हजार ७ सयमा कारोबार हुँदै

१४ मंसिर ७७, आइतबार

१४ मंसिर, काठमाडौं । कारोबार हुने हप्ताको पहिलो दिन आज सुन तोलामा ६ सय रुपैयाँ घटेको छ ।

Advertisement

सुन आज तोलामा ९० हजार ७ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

अस्ति शुक्रबार सुन तोलामा ९१ हजार ३ सय रुपैयाँ तोकिएको थियो । चाँदीको भाउ पनि आज तोलामा १० रुपैयाँ घटेर तोलाको ११ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । केही दिनयता सुनको भाउ लगातार जस्तै घटेको छ ।

Advertisement

अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ घटबढ हुँदा नेपालमा पनि घटबढ हुने गरेको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top