चितवन राष्ट्रिय निकुञ्जमा थप एक गैंडाको मृत्यु

१४ मंसिर ७७, आइतबार

१४ मंसिर, चितवन । चितवन राष्ट्रिय निकुञ्जमा थप एक गैंडाको मृत्यु भएको छ ।

Advertisement

मरुठ खोलाको चुरे क्षेत्रको घाँचबाट लडेर एक सिंगे गैंडाको मृत्यु भएको सूचना अधिकारी लोकेन्द्र अधिकारीले जानकारी दिएका छन् ।

उक्त गैंडालाई मंसिर १२ गते उद्धार टोली, हात्ती, पशु चिकित्सक र स्थानीय बासिन्दाले उद्धारगरी उपचार गरेका थिए।

Advertisement

घाँचबाट लडेर अर्धचेत अवस्थामा पुगेको गैंडालाई उद्धार गर्न करिब १२ घण्टा लागेको थियो।

गर्धन, खुट्टामा चोट लागको तथा पछाडिको भाग पूर्णरुपमा अर्धचेत अवस्थामा भेटिएको अन्दाजी २० देखि २५ वर्षको भाले गैंडाको खाग र खुर भने सुरक्षित रहेको अधिकारीले बताए।

Advertisement

आर्थिक वर्ष २०७७र०७८ मा यस निकुञ्जमा १६ वटा गैंडाको मृत्यु भइसकेको छ।

त्यसमध्ये ४ वटा गैंडा सिकारीले मारेको निकुञ्जले जनाएको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top