×

NEPAL TIMES UPDATES

Playing
बालेन सरकारका नायक सुधनको अपत्यारिलो बहिर्गमन || Nepal Times
Apr 22, 2026
Playing
गर्भवती असुरक्षित गर्भपतनबाट मृ त्यु, २ डाक्टर प क्रा उ || Nepal Times
Apr 22, 2026
Playing
Watch Top50 News Of The Day || Baishak-09-2083 || Nepal Times
Apr 22, 2026
Playing
नायक सुधन जसले रिलका नायक अनिल कपुरलाई विर्साए, नैतिकता देखाए || Nepal Times
Apr 22, 2026
Playing
को बन्ला नयाँ गृहमन्त्री ? मनिष, कवीन्द्र वा अरु ? || Nepal Times
Apr 22, 2026
Playing
अल नीनोको आशंका बढ्यो, बैज्ञानिकहरुले दिए विश्वलाई चे ताव नी || Nepal Times
Apr 22, 2026
Playing
बालेनले कसरी कमाए सामाजिक सञ्जालबाट १ करोड ४६ लाख ?|| Nepal Times
Apr 22, 2026
Playing
सुधन गुरुङ २६ दिनमै गृह मन्त्रालयबाट बाहिरिए|| Nepal Times
Apr 22, 2026
Playing
World News: होर्मुजमा जहाजमाथि इरानी आ*क्र*मण, ‘ठूलो क्षति’को आंकलन || Nepal Times
Apr 22, 2026
Playing
छानबिनको बाटो खुला गर्दै गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा#SudhanGurung
Apr 22, 2026

उद्यमी चन्द्र ढकालको अमलाचौरदेखि व्यावसायिक नेतृत्वसम्मको यात्रा

१४ मंसिर २०७७

१४ मंसिर, काठमाडौँ ।

भनिन्छ– बिहानीले दिनको सङ्केत गर्छ । नेपाल प्रज्ञा प्रतिष्ठान नजिकैको घण्टाघरले बिहानको ४ः३० बजेको समय सूचक घण्टी बजायो र राजधानीवासीलाई नयाँ बिहानीको सन्देश दियो । चराहरु ब्युँझिएर बास बसेको ठाउँबाट चलमलाउन थाले, उड्न थाले । नयाँ दिनका लागि नवीन आशाहरु खोज्दै मानिसहरुले विस्तारै ओछ्यान छाडेर निस्किने तयारी गर्न थाले । कति त बिहानको हिँडाइ (मर्निङ वाक) को बाटो तय गर्ने तरखरमा थिए । यता राजधानी काठमाडौँको कमदलादिस्थित प्रज्ञा प्रतिष्ठनमा भने रातपछिको बिहान हुन पाएको थिएन, रातिदेखिकै रौनक थियो नेपाल उद्योग वाणिज्यम महासंघको निर्वाचनको । बिहानको ४ः५० बजे निर्वाचन समितिले घोषणा गर्यो– ‘महासंघको वरिष्ठ उपाध्यक्ष पदमा व्यवसायी चन्दप्रसाद ढकाल विजयी हुनुभएको छ ।’

Advertisement
Advertisement

लामो दौडको घोडा जस्तै, अनेकन हण्डर र ठक्कर खाएर सफलताको उचाइमा पुगेका व्यवसायी ढकालका लागि आजको जीत सफलताको उचाइको अर्को एउटा खुड्किलो बनेर खडा भयो । अनि हरेक बिहानीपख नयाँ आशाहरुको खोजीमा हिँड्ने मानिसजस्तै उनको यो बिहानीको जितले पनि नेपालको उद्योग, व्यवसायका क्षेत्रमा नयाँ आशाहरुको सञ्चार गर्नसक्ने आशा जन्मायो ।

त्यसैले यस यात्राले ‘वेटिङ पे्रसिडेण्ड’ अर्थात्, नेपाल उद्योग वाणिज्य महासङ्घको २० औँ अध्यक्षका लागि उहाँको मार्ग प्रशस्त भएको छ, उनका लागि । महासंघको विद्यमान विधानअनुसार वरिष्ठ उपाध्यक्ष नै आगामी कार्यकालको अध्यक्ष हुने व्यवस्था छ । सोही व्यवस्थाअनुसार नै हालका अध्यक्ष भवानी राणालाई व्यवसायी शेखर गोल्छाले विस्थापित गर्न लागेका छन् ।

एउटा सानो पसलबाट उठेर नेपालको व्यावसायिक क्षेत्रमा नाम र दाम कमाउन सक्ने व्यक्तिका रुपमा ढकाल अहिले पनि आम नेपालीका लागिसमेत प्रेरणाको स्रोत बनेका छन् । त्यसैले नेपाली उद्यमशीलताका क्षत्रेमा यो नाम नयाँ होइन । बाग्लुङको अमलाचौरबाट राजधानी छिरेका ढकालले यो हदसम्मको सफलता हात लाग्नसक्ने हुनका लागि उनले भोगेका र व्यहोरेको सङ्घर्षका कथा भने त्यति सजिला छैनन्, निकै मर्मस्पर्शी छन् । देशको उद्यमशीलताका क्षेत्रका हरेक व्यक्ति उनका सङ्घर्षका कथाहरु पढेकै हुनुपर्छ ।

“प्यानल बनाएर निर्वाचनको मैदानमा उत्रिए पनि परिणाम घोषणासँगै अब प्यानल सकिएको छ । म सबै व्यवसायीको हकहितमा नै काम गर्ने हो”, निर्वाचन समितिले वरिष्ठ उपाध्यक्षमा विजयी भएको घोषणा गरेपछि त्यहाँ उपस्थित सीमित सञ्चारकर्मीमाझ उनले भने, “मैले पहिला पनि भनेको थिएँ, हामीहरुको पक्षविपक्ष भनेको चुनावको दिनसम्म मात्र हो, आजदेखि अब महासङ्घको कार्यसमिति एउटै बनेको छ र त्यसले त्यो सम्पूर्ण निजी क्षेत्रको आवाजलाई मुखरितले बनाउने काम गर्ने हो ।” उनले आफनो जीत नेपालका सम्पूर्ण व्यवसायीको प्रतिनिधिका रुपमा भएको बताए ।

महासङ्घको वरिष्ठ उपाध्यक्षलगायतका पदमा सर्वसम्मति हुन नसकेपछि ढकालले एउटा समूहको प्रतिनिधित्व गर्दै मैदानमा उत्रिएका थिए । देशभरका व्यवसायीले उनलाई विश्वास मात्रै गरेनन् आगामी कार्यकालका लागि आफनो नेतृत्वका रुपमा चयन गरे । कोरोना महामारीका कारण उद्योग व्यवसाय चौपट भएको छ । हजारौँको रोजीरोटी खोसिएको छ । चौतर्फी समस्याका कारण व्यवसायी पलायन हुनुपर्ने अवस्थामा छन् । यस्तो विषम अवस्थामा निजी क्षेत्रलाई आशावादी बनाउने, उनीहरुलाई आर्थिक क्रियाकलापमा अगाडि बढाउन प्रेरित गर्ने क्षमता सीमित मानिसमा मात्रै हुन्छ । त्यही सिमित मानिसमध्येका एक हुन् ढकाल । उनको आफ्नै सङ्घर्षले पनि सुखमा नमात्तिने र दुःखमा नआत्तिन सिकाएको छ । धैर्यता नै सफलताको सूत्र हो भन्ने प्रेरणा उनीबाट सिक्न सकिन्छ ।

सरकारले अगाडि सारेको आर्थिक समृद्धिको सङ्कल्पलाई समेत कोरोनाले छोपिदिएको छ । यस्तो बेला राज्यका तीनवटा आर्थिक खम्बामध्येको एक निजी क्षेत्रले पाएको नेतृत्वसमेत आफैँमा सबल छ । महासङ्घका अध्यक्ष हुन लागेका शेखर गोल्छा र दोस्रो वरियाताका ढकाल नेपालको उद्योग व्यवसाय क्षेत्रका चिनिएका नाम हुन् । त्यसैले स्वदेशी पूँजीको विस्तार र मुलुकमा उद्यमशीलताको विकासका लागि अहिलेको सङ्कटले यही सबल नेतृत्व रोज्यो भन्न सकिन्छ ।

ढकालको उद्यमशीलताको यात्रा धेरै पुरानो छैन, करिब साढे दुई दशकको मात्र हो । छोटो समयमा देशको उद्यम, व्यवसायमा प्राप्त भएको यो सफलताको रहस्य के हो ? उनको विगत जान्नेहरुले नै र पछिल्ला केही वर्षहरुमा देशका सञ्चारमाध्यमहरुले सोध्ने प्रश्न हो यो । उनको सदैव स्वाभाविक उत्तर रहने गर्छ– लगाव, इमान्दारिता र परिश्रम । ढकाल स्वीकार्नुहुन्छ– मेरो सफलताको सबैभन्दा दरिलो टेको भनेको लगाव र परिश्रम नै हो ।

अहिले उनी आइएमई समूह, ग्लोबल आइएमई बैँक, चन्द्रागिरि हिल्स लिमिटेडलगायतका नेपालमा परिचित कैयौँ यस्तै अरु व्यवसायको नेतृत्व गरिरहेका छन् । अरु सामाजिक सङ्घसंस्थाको संलग्नता त छँदैछ । नेपालमा बैंक तथा वित्तीय, सेवालगायत जलविद्युत्का क्षेत्रमा पनि उनीहरुको ओझपूर्ण उपस्थिति रहेको छ ।

नेपालको व्यवसायमा बहुआयामिक क्षेत्र समेट्दै अघि बढेका उहाँ सबैलाई परिश्रम नै गर्न सिकाउँछन् । भन्छन्– ‘संसारको अरु भूगोलका तुलनामा हाम्रो माटो धेरै बढी मलिलो छ । यहाँ जे रोपे पनि सुन फल्छ, तर यसले मेहनेतको अपेक्षा भने गर्छ । मत भन्छु, हामी आफैं माटो रोपेर सुन फलाउन सक्छौँ, अन्त कतै भौँतारिनु पर्दैन । हो, यस्तै सफलता र मेहनतले ढकाल अब एक उद्यमी मात्र होइन कि निजी क्षेत्रलाई उद्यममैत्री नीति निर्माणका लागि देशको समग्र निजी क्षेत्रको प्रतिनिधित्व गर्ने साझा र छाता संस्थाको नेतृत्वमा पुगेका छन् ।

“आफूले यस देशमा एउटा सानो पसलदेखि ठूला कर्पोरेट हाउसम्मको नेतृत्व गरेकाले देशका सानादेखि मझौला हुँदै ठूला व्यवसायका समस्या र आवश्यकताको बारेमा म अरुभन्दा बढी नै जानकार छु जस्तो लाग्छ अब मैले यीनै समस्याहरुको पैरवी गर्ने हो, मुलुकको समृद्धिको लागि राज्य र निजी क्षेत्रको सहकार्यलाई बढावा दिने हो– आइतबार बिहान संक्षिप्त प्रतिक्रिया दिनुभयो ।”

नेपालको क्रुर राणा शासनको अन्त्यपछि स्थापना भएको प्रजातन्त्रको सुनौलो घाममा वाणिक मण्डलको नाममा आजको महासङ्घको भ्रुण पैदा भएको थियो । विसं २००८÷०९ तिर स्थापना भएको अखिल नेपाल व्यापार सङ्घले पनि व्यापारीको हितका लागि काम गरेको थियो ।

यस्तै २००९ सालमा नेपाल चेम्बर अफ कमर्श स्थापना भयो भने महासङ्घको तदर्थ समितिका रुपमा २०२२ सालमा लोकनाथ जोशीले नेतृत्व गरेर महासङ्घ स्थापना भएको व्यवसायीहरुको भनाइ छ । जोशी संयोजक भएकाले महासङ्घको अध्यक्षको जिम्मेवारी भने जुद्धबहादुर श्रेष्ठबाट गणना हुने गरेको छ ।

हालसम्म निजी क्षेत्रको यस छाता सङ्गठनमा १८ जनाले नेतृत्व गरिसकेका छन् । महासंघको अध्यक्षबाट विदाई हुन लागेकी भवानी राणा यो संस्थाको नेतृत्व गर्ने पहिलो महिला हुन् । वरिष्ठ उपाध्यक्षको हैसियतले १९औँ नेतृत्वका रुपमा शेखर गोल्छा खडा भएका छन् । आजको मत परिणामपछि कहिल्यै पछाडि फर्केर हेर्नु नपरेका ढकालले महासङ्घको २० औँ अध्यक्षका रुपमा आफ्नो जिम्मेवारी सम्हाल्नेछन् ।

निर्वाचन प्रचारका क्रममा उनी र उनको समूहले सार्वजनिक गरेको ‘एफएनसिसिआई भिजन, २०२५’ आफैँमा नेपालको आर्थिक समृद्धि र विकासका लागिसमेत रणनीतिपत्र जस्तै रहेको छ । कोरोना महामारीका कारण समस्यामा परेको व्यवसायलाई कसरी अगाडि बढाउनेदेखि सरकारसँग मिलेर के कस्ता काम कसरी गर्ने भन्ने बारेमा समेत उक्त भिजनले स्पष्ट खाका कोरेको छ ।

नेपालमा उद्योगमैत्री वातावरणको निर्माण, व्यवसायीका हकहितका विषयवस्तु, नीति निर्माणमा गरिने पैरवी, हालको कोभिड महामारीका कारण नेपालको उद्योग व्यवसाय क्षेत्रले भाग्नुपरेका समस्या र त्यसको समाधान, नेपालमा उद्यमशीलताको विकास तथा विस्तारको वातावरण निर्माण, नेपालमा वैदेशिक लगानी भित्र्याउन गर्नुपर्ने कामलाई २५ बुँदामा समेटिएको छ । शनिबारसम्म ती प्रतिद्धता थिए । आजदेखि ती प्रतिबद्धतालाई कार्यान्वयन गर्ने जिम्मेवारीसमेत ढकालको काँधमा आएको छ ।

केही समयअघि ढकालले भनेका थिए– “मानिसलाई कतिपय अवस्थामा नसोचिएको सफलता पनि हात लाग्छ अथवा केही नसोचिएका कुराहरु पनि हुन सक्छन् । तर पनि ती सबै नराम्रा पनि त हुँदैनन्, जे हुन्छ राम्रै हुन्छ ।” तर उनको अहिलेको यो सफलता भन्दा वास्तविक पारिवारिक जीवन निकै पर थियो । तर आज बिहान भने त्यो सबै स्मरण गर्ने फुर्सद उनीसँग थिएन ।

उनले एउटा बालकका रुपमा आफ्नो बुवाको माया र सुखद् भविष्यको सपना चाहिँ देख्न नसकेको घटनालाई भने जस्तै हतारमा पनि भुल्दैनन् । बुबाले छोडेर गएपछि सोह्र वर्षको एक किशोरको काँधमा आइलागेको परिवारको जिम्मेवारीले पनि उनलाई भविष्यप्रति बढी जिम्मेवार हुन सिकाएको होला ।

भन्छन्– ‘त्यो उमेरमा मेरा आँखा अगाडि एउटैमात्र सपना आएको हो– “जस्तोसुकै मूल्यमा पनि अब आमा र भाई बहिनीलाई दुःखबाट टाढा राख्नुपर्छ, जीवनमा केही गर्नुपर्छ ।” तर उपाय के होला ? त्यो बाल मष्तिष्कले सोच्न सक्ने कुरा पनि भएन । तर पनि त्यो आत्मबल र परिश्रमले त्यो सपना आज साकार भएको उनी ठान्छन् ।

सरकारले सन् २००१ मा रोजगारीका लागि मलेसिया खुला गर्यो । धेरै नेपाली गए । त्यसबेला नेपालमा पैसा भित्रिने कुनै कानुनी प्रावधान थिएन । नेपाल राष्ट्र बैंक पनि अनौपचारिक माध्यमबाट रकम आउने क्रम बढेसँगै चिन्तामा थियो । “यही समस्याको हलका लागि हामीले हाम्रो अनुभवलाई टेकेर ‘इन्टरनेशनल मनी एक्सप्रेश’ (आइएमई) खोल्ने प्रस्ताव राष्ट्र बैंकसँग गर्यौँ, जुन सफल पनि भयो । त्यही आइएमई अहिले नेपालको ‘मनी ट्रान्सफर’ को पर्यायबाची हो भन्दा फरक पर्दैन । अहिले मानिस पैसा पठाउन कुनै बैंकमा या अन्य मनी ट्रान्सफर कम्पनीमा पुगेका भए पनि ‘आइएमई गरिदिनुस्’ भन्ने गरेको सुनिन्छ, सफलता भनेका यस्तै यस्तै काम त होलान्, जे होस यो पनि मुलुकका लागि केही गर्यौँ भन्ने मेरो आफ्नो अनुभव छ ।”

आइएमई स्थापना गर्दा हामी यो अवस्थामा पुग्छौँ भन्ने चाहीँ लागेको थिएन, उनको अनुभव छ । शुरुआती दिनहरुमा हामीले आइएमई खोलेका छौँ, तपाइहरुको रकम सुरक्षित रुपमा घरपरिवारसम्म पुर्याइदिन्छौँ भन्दा मानिसहरु पत्याउन पनि तयार भएनन् । तर हाम्रो इमान्दारिताले विस्तारै हामीलाई यहाँसम्म ल्यायो । हाल आइएमई नेपालको विप्रेषण क्षेत्रको पर्याय मात्र होइन नेपालको व्यावसायिक क्षेत्रको एक उदीयमान ग्रुप पनि हो । आर्थिक वर्ष २०७६÷ ७७ मा नेपाल भित्रिएको झण्डै रु नौ खर्ब विप्रेषण मध्येको ठूलो हिस्सा आइएमईमार्फत् नै आएको उनले स्मरण गरे ।

रेमिट्यान्स, बैंक तथा वित्तीय संस्था, इन्स्युरेन्स, अटोमोबाइल, ऊर्जा, पर्यटन, विद्युतीय भुक्तानी, ट्राभल, सूचना–प्रविधि, केबलकार र हस्पिट्यालिटीलगायत विभिन्न व्यावसायिक क्षेत्रमा लगानी विस्तार गर्दै आइरहेको छ । यी सबैको जगको ढुङ्गा आइएमई नै हो भन्छन् उनी । ढकाल दाजुभाइको सिर्जनामा स्थापित चन्द्रागिरि केबलकार छोटो समयमै राष्ट्रिय सम्पत्ति बनेको छ । विसं २०७३ बाट सञ्चालनमा आएको चन्द्रागिरि केबलकार नेपाल भ्रमणमा आएका राष्ट्रप्रमुख तथा सरकार प्रमुखलाई रिट्रिट गराउनेदेखि लिएर महत्वपूर्ण कार्यक्रम नै सञ्चालन गर्ने एउटा उत्तम विकल्प बनेको छ । यही मङ्सिर १७ गतेदेखि सोही कम्पनीले नेपाली नागरिकलाई समेत शेयरधनी बनाउन लागेको छ ।
वास्तविक क्षेत्रलाई समेत शेयर बजारमा ल्याउने लक्ष्यका साथ सरकारले अगाडि बढाएको नीतिअनुसार नै चन्द्रागिरि हिल्स लिमिटेडले साधारण शेयर बिक्री गर्न लागेको हो । कम्पनीले सर्वसाधारण र स्थानीयवासीलाई गरी कूल १८ लाख ४० हजार ९१० कित्ता सेयर बिक्री गर्नेछ । नेपाल धितोपत्र बोर्डबाट कम्पनीले रु १८ करोड ४० लाख बराबरको साधारण शेयर बिक्रीका लागि अनुमति पाएको छ ।

चन्द्रागिरि आयोजना नेपालमा नाकाबन्दी र भूकम्पले जर्जर पारेको अवस्थामा पनि समयमै सम्पन्न भएको थियो । नेपालको त्यस समयको अर्थतन्त्रको मनोबल उकास्ने काम गरेको थियो । हुन पनि भूकम्प र नाकाबन्दीका कारण नेपाली अर्थतन्त्र थरथर काँपेको बेला राजधानीमै यो केबलकारका खम्बा चन्द्रागिरिको चुचुरोमा ठडिएसँगै यहाँको उद्योग क्षेत्रले पनि आफू तङ्ग्रिन लागेको महसुस गराएको थिको थियो । यसले नेपालको आर्थिक क्षेत्रको मनोबल बढाएको थियो । हाल त्यहाँ रिसोर्टदेखि विभिन्न एकीकृत पर्यटकीय संरचनाहरु बनेका छन् ।

व्यवसायमा इमान्दारिताको ठूलो महत्व छ । इमानविना व्यवसाय टिक्दैन, सफल हुँदैन । अनि मेहनेत र धैर्यता चाहिन्छ । ढकालमा यही गुण भेटिन्छ । गत चालू आर्थिक वर्षको बजेटमा ‘क’ वर्गका बैंक तथा वित्तीय संस्था गाभ्ने नीति समेटियो । सोही नीतिलाई कार्यान्वयन गर्न ढकालले नै जोखिम उठाएर साहसिक निर्णय गरे । जसका कारण ग्लोबल आइएमई र जनता बैंक एक आसपसमा गाभियो । ती दुई बैंक गाभिएपछि चुक्ता पूँजीको हिसाबले देशकै सबैभन्दा बढी पूँजी भएको बैंकको रुपमा सो बैँक स्थापित भयो ।

व्यवसायी ढकालले समय समयमा भन्ने गरेजस्तै देशमा उद्यमशीलताको विकास गर्न र हरेक उद्यमी तथा उद्योगी सफल हुन उनको अनुभव पनि प्रेरणाको स्रोत बन्नसक्छ । कोही कुनै काममा केही समयका लागि असफल भए पनि ती असफलताको अनुभवबाट आगामी दिन झन् सफल बनाउन सकिने उनको सुझाव छ ।

Advertisement

उनले प्राप्त गरेको सफलताबाट अरुलाई प्रेरणा पनि प्राप्त हुनसक्छ । निजी क्षेत्रको नेतृत्व गर्ने जिम्मेवारी बढेकाले अझै ठूलो मात्रामा मुलुकमा व्यवसायको विकासका लागि ढकालले वातावरण निर्माण गर्न सक्नुहुनेछ भन्ने आशा यतिखेर देशका समग्र व्यवसायीको छ । हरेक बिहानीले नयाँ आशा बोकेर आएजस्तै बिहान सबेरै उदाएका चन्द्रको आगामी यात्राले पनि नेपालको उद्योग तथा व्यवसाय क्षेत्रमा समृद्धिको ढोका खोल्नसक्ने नयाँ आशाको सञ्चार गर्न सकोस् । –रमेश लम्साल/रासस

भर्खरको समाचार

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

b50ca935-e218-4b61-b637-facd118a9d76

बालेनले कसरी कमाए सामाजिक सञ्जालबाट १ करोड ४६ लाख ?

666707698_875077882223921_4422618132601218086_n

काठमाण्डौआएका अमेरिकी मन्त्रीले बालेनलाई भेटेनन्, तीन दिन के गरे ?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

इरानसँग अझै घातक हतियारहरू सुरक्षित, भान्सको पाकिस्तान भ्रमण रद्द

iran-flag_TkC5X0MaQr

ट्रम्पले युद्धविराम लम्ब्याए, नाकाबन्दी जारी, ८ महिला रिहा गर्न गुहार

250126-donald-trump-236p-09e14b

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सम्बन्धित खबरहरु

Scroll to Top