नेपाल र चीनबीच फेरि सैन्य तालिम हुने

१४ मंसिर, काठमाडौँ ।

चिनियाँ जनमुक्ति सेना र नेपाली सेनाबीच कोभिड–१९ का कारण झन्डै एक वर्षदेखि रोकिएका तालिम तथा शिक्षार्थी आदान–प्रदानका कार्यहरु फेरि सुरु हुने भएको छ ।

जंगीअड्डामा आइतबार रक्षामन्त्री फेङ्हेसहितको प्रतिनिधिमण्डल र नेपाली सेनाबीचको छलफलमा उनले उच्च स्तरीय भ्रमणलगायतका द्विपक्षीय सहयोग र अभ्यासहरुलाई यथाशीघ्र सुरु गर्ने सहमति भएको नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जानकारी दिएको छ । योसँगै नेपाल र चीनका सेनाबीच रोकिएको तेस्रो सगरमाथा मैत्री संयुक्त सैन्य अभ्यास पनि हुने पक्का भएको छ । तर अहिले मिति भने तय गरिएको छैन ।

Advertisement

नेपाली सेनाद्वारा जारी विज्ञप्तिअनुसार विगतमा सहमति भएका सैनिक सहायता प्राप्ति सम्बन्धी प्रगति बारेमा पनि छलफल भएको थियो । भेटमा परराष्ट्र मन्त्रालयका अधिकारीहरुको पनि उपस्थिति रहेको थियो । विज्ञप्तिमा भनिएको छ, ‘चिनियाँ रक्षामन्त्री वेई र उहाँको प्रतिनिधिमण्डलले दुवै विषयलाई सकारात्मक रुपमा लिई उच्चस्तरीय भ्रमण लगायतका द्विपक्षीय सहयोगका कार्यहरु यथाशीघ्र सुचारु गर्ने बारेमा आश्वासन दिनु भयो ।’

Advertisement

यसैबीच रक्षामन्त्री वेईले नेपाली सेनाको कोभिड–१९ महामारी विरुद्धको प्रतिकार्यको सहयोगका लागिसमेत प्रतिबद्धता व्यक्त गरेको छन् ।आइतबार जंगीअड्डामा रक्षामन्त्री फेङ्हेको सम्मानमा नेपाली सेनाले सम्मान गारत अर्पण गरेको थियो । उनले जंगी अड्डाको निरीक्षण भ्रमण र प्रधान सेनापति पूर्णचन्द्र थापासँग भेटवार्ता गरेका थिए ।

सो भेटवार्तापछि चिनियाँ रक्षामन्त्री फेङ्हेसहितको प्रतिनिधिमण्डलसमक्ष नेपाली सेनाको इतिहास र वर्तमान भूमिकाका बारेमा छोटो श्रव्य-दृश्य सामग्री प्रस्तुत गरिएको थियो । त्यसपछि चिनियाँ प्रतिनिधिमण्डल र नेपाली सेनाबीच छलफल भएको नेपाली सेनाले जनाएको छ ।

Advertisement

भर्खरको समाचार

बालेन शाह र EVM ले ततायो रास्वपाको महाधिवेशन

PM Balen Shah_-194

नेपाल अमेरिकाको ‘निगरानी थलो’ रुमुख्य ध्यान तिब्बती शरणार्थीमा

c547005d-c2fa-416d-ab48-e688406363ff

कतारले उपहार दिएको बोइङ कस्तो बन्यो ? ट्रम्पले देखाए

260619-air-force-one-mn-1625-c97bb6

कोशी प्रदेशमा देखियो यस वर्षको मनसुन

mausam-2075-12-18-768x388

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

सम्बन्धित समाचार

Scroll to Top