नेकपामा दुई लाइन संघर्षको बीजारोपण

१४ मंसिर ७७, सोमबार

काठमाडौं: सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले एक अर्कालाई आरोप–प्रत्यारोप गर्दै लिखित प्रतिवेदन पेस गरेपछि पार्टीभित्र स्पष्ट रूपमा दुई लाइनको संघर्ष सुरु भएको छ ।

Advertisement

२८ कात्तिकको सचिवालय बैठकमा अध्यक्ष दाहालले राजनीतिक प्रस्ताव पेस गरेका थिए । त्यसपछि प्रत्युत्तर दिँदै शनिबारको सचिवालय बैठकमा अध्यक्ष ओलीले अर्को राजनीतिक प्रस्ताव पेस गरेका छन् ।

अध्यक्ष ओली र दाहालले पेस गरेको प्रस्तावमा एकले अर्कोमाथि गम्भीर आरोप लगाएका छन् । दुई अध्यक्षले एक आपसमा गम्भीर दोषारोपण गर्दै छुट्टाछुट्टै प्रस्ताव पेस गरेपछि पार्टीमा दुई लाइन संघर्षको बीजारोपण भएको हो ।

Advertisement

स्थायी कमिटीका निर्णय कार्यान्वयन, मन्त्रीपरिषद् पुनर्गठन, राजदूत नियुक्ति, पर्सामा पार्टी कार्यकर्ताको हत्या, कर्णाली प्रदेश विवादलगायतका विषयबाट सुरु भएको विवाद उत्कर्षमा पुग्दै अहिले आएर लिखित रूपमै आरोप–प्रत्यारोप सुरु भएपछि पार्टी नै विभाजन नजिक पुगेको विश्लेषण नेताहरूले समेत गर्न थालेका छन् ।,यो समाचार आजको राजधानी दैनिकमा छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top