नेपाल र भारतमा भाइरसको प्रकृति ‘मिल्दोजुल्दो’

१४ मंसिर ७७, सोमबार

काठमाडाैँ : हालै नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले मुलुकमा पहिलोपटक गरेको कोभिड–१९ भाइरसको आनुवांशिक अध्ययनले यहाँ पाइएका अधिकांश कोरोना भाइरसको प्रकृति भारतमा पाइएका भाइरससँग मिल्दोजुल्दो देखाएको छ।

Advertisement

अध्ययनका क्रममा भाइरसका १५ वटा नमुनाको विस्तृत अनुसन्धान गरिएको थियो। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं, नेपाल–कोरिया मैत्री अस्पताल भक्तपुर, काठमाडौं विश्वविद्यालय धुलिखेलबाट असार १२ देखि साउन २६ गतेसम्म १० वटा भिन्नभिन्न जिल्ला समेटिने गरी भाइरसका १५ वटा नमुना संकलन गरी अध्ययन गरिएको थियो।

अध्ययन नतिजालाई एनसिबिआई र जिआइएसएडजस्ता अनलाइन प्लेटफर्ममा उपलब्ध भाइरसको विश्वव्यापी आनुवांशिक बनावटसँग तुलना गरी आनुवांशिक एकरूपता तथा आनुवांशिक उत्परिवर्तनसम्बन्धी अनुसन्धान गरिएको थियो। ‘अध्ययनको नतिजाले दुई तिहाइ भाइरसको प्रकृति भारतमा पाइएका भाइरससँग मिल्दोजुल्दो देखायो,’ नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का सदस्यसचिव डा. प्रदीप ज्ञवालीले भने।

Advertisement

अध्ययनले भारतबाट भित्रिएको भाइरस कडा भए÷नभएको निष्कर्ष भने निकालेको छैन। त्यसका लागि थप अनुसन्धान आवश्यक रहेको अध्ययनमा संलग्न अनुसन्धानकर्ताले बताएका छन्। ‘अध्ययनले समेटेका १५ सिक्वेन्समध्ये एकाध साउदी अरेबिया, युरोप र अमेरिकामा पाइएका भाइरसको सिक्वेन्ससँग मिलेका छन् भने अधिकांश भारतमा देखिएका सिक्वेन्ससँग मिल्दा छन्,’ सदस्य सचिव डा. ज्ञवालीले भने।, यो समाचार आजको नागरिक दैनिकमा श्रीराम सुवेदीले लेखेका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top