नेपाल र भारतमा भाइरसको प्रकृति ‘मिल्दोजुल्दो’

१४ मंसिर ७७, सोमबार

काठमाडाैँ : हालै नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले मुलुकमा पहिलोपटक गरेको कोभिड–१९ भाइरसको आनुवांशिक अध्ययनले यहाँ पाइएका अधिकांश कोरोना भाइरसको प्रकृति भारतमा पाइएका भाइरससँग मिल्दोजुल्दो देखाएको छ।

अध्ययनका क्रममा भाइरसका १५ वटा नमुनाको विस्तृत अनुसन्धान गरिएको थियो। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं, नेपाल–कोरिया मैत्री अस्पताल भक्तपुर, काठमाडौं विश्वविद्यालय धुलिखेलबाट असार १२ देखि साउन २६ गतेसम्म १० वटा भिन्नभिन्न जिल्ला समेटिने गरी भाइरसका १५ वटा नमुना संकलन गरी अध्ययन गरिएको थियो।

अध्ययन नतिजालाई एनसिबिआई र जिआइएसएडजस्ता अनलाइन प्लेटफर्ममा उपलब्ध भाइरसको विश्वव्यापी आनुवांशिक बनावटसँग तुलना गरी आनुवांशिक एकरूपता तथा आनुवांशिक उत्परिवर्तनसम्बन्धी अनुसन्धान गरिएको थियो। ‘अध्ययनको नतिजाले दुई तिहाइ भाइरसको प्रकृति भारतमा पाइएका भाइरससँग मिल्दोजुल्दो देखायो,’ नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का सदस्यसचिव डा. प्रदीप ज्ञवालीले भने।

Advertisement

अध्ययनले भारतबाट भित्रिएको भाइरस कडा भए÷नभएको निष्कर्ष भने निकालेको छैन। त्यसका लागि थप अनुसन्धान आवश्यक रहेको अध्ययनमा संलग्न अनुसन्धानकर्ताले बताएका छन्। ‘अध्ययनले समेटेका १५ सिक्वेन्समध्ये एकाध साउदी अरेबिया, युरोप र अमेरिकामा पाइएका भाइरसको सिक्वेन्ससँग मिलेका छन् भने अधिकांश भारतमा देखिएका सिक्वेन्ससँग मिल्दा छन्,’ सदस्य सचिव डा. ज्ञवालीले भने।, यो समाचार आजको नागरिक दैनिकमा श्रीराम सुवेदीले लेखेका छन् ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top