अछामबाट धनगढी जाँदै गरेको बस दुर्घटनाः एकको मृत्यु, १८ जना घाइते

१५ मंसिर ७७, सोमबार
Share this
737shares

१५ मंसिर, अछाम ।
अछामको मंगलसेनबाट धनगढी जाँदै गरेको बस दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने १८ जना घाइते भएका छन्।

Advertisement

अछामको चौरपाटी गाउँपलिका वडा नम्बर ७ मार्कुमा ना ४ ख ९९७२ नम्बरको बस आज बिहान दुर्घटना हुँदा साँफेबगर नगरपालिका–३ का १९ वर्षीय निरज कुँवरको निधन भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ।

घटनामा अन्य १८ जना घाइते भएका छन्। घाइतेहरुको अछामकै बयलपाटा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

Advertisement

ती मध्ये दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। दुर्घटनाको कारण खुलिनसकेको र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top