लेक लागेर र चिप्लिएर दुई जना आरोहीको मृत्यु

७ जेठ ७५, मंगलबार

विराटनगर, जेठ ८ःसोलुखुम्बुको खुम्बुपासाङ ल्हामु नगरपालिका –४ स्थित ३ नम्बर आधार शिविरमा लेक लागेर र चिप्लिएर दुई जना सगरमाथा आरोहीको मृत्यु भएको छ ।

हिमालयन गाईड ट्रेकिङ्ग एजेन्सी बिशालनगर काठमाण्डौमार्फत सगरमाथा आरोहणका लागी नेपाल आएका मेसीडोनियाली नागरिक जिजौरुगी पेटकोभको शिविरबाट करिब चार सय मिटरको उचाईमा पुगेपछि आइतबार लेक लागेर बिरामी भई मृत्यु भएको छ ।

पेटकोभको शव सोमबार अपरान्ह तेन्जिङ हिलारी बिमानस्थल लुक्लामा ल्याईएको छ। मृतकको कानूनी प्रकृया पुरा गरी शवलाई पोष्टमार्टमका लागी काठमाण्डौ पठाइएको इलाका प्रहरी कार्यालयले जनाएको छ ।

Advertisement

यस्तै सोही शिविरबाट फर्कनेक्रममा सम्पर्क विहिन भएका जापानी आरोही नोबुकाजु कुरिकीको चिप्लिएर मृत्यु भएको अवस्थामा शव फेला परेको छ ।

जेष्ठ ६ गते आइतबार रातीदेखी गाईडसंग सम्पर्क विच्छेद भई हराई रहेका कुरिकीको शव सोमबार बिहान फेला परेको हो।

Advertisement

उनको शव पनि कानूनी प्रकृया पुरा गरी पोष्टमार्टमका लागी काठमाण्डौ पठाइएको इलाका प्रहरी कार्यालय लुक्लाले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top