विश्वराज पोखरेललाई एआईजीमा बढुवा गर्न सिफारिस, आईजीपीमा प्रतिस्पर्धा अन्त्य हुने

१५ मंसिर, काठमाडौं ।

नेपाल प्रहरीमा थप गरिएको एउटा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) को दरबन्दीमा प्रहरी नायब महानिरीक्षक (डीआईजी) विश्वराज पोखरेललाई बढुवा गर्न सिफारिस गरिएको छ ।

गृह सचिव महेश्वर न्यौपानेको अध्यक्षतामा सोमबार साँझ बसेको बढुवा समितिको बैठकले पोखरेललाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको हो । विश्वराजलाई बढुवा गर्न सिफारिस गरेसँगै आगामि महानिरीक्षक (आईजीपी)मा प्रतिष्पर्धा अन्त्य हुने भएकाे छ ।

Advertisement

हालका आईजीपी शैलेश थापा क्षेत्रीको अवकाश भएपछि आईजीपी बन्नका लागि उनी एक्लो दाबेदार बनेका छन् । क्षेत्रीको कार्यकाल १९ वैशाख २०७९ सम्म छ ।

Advertisement

यसअघि उपप्रधानमन्त्री ईश्वर पोखरेलका नातेदार पोखरेललाई एआईजीमा बढुवा गरेर भावी आईजीपीको एकल उम्मेदवार बनाउनका लागि सरकारले मंसिर पहिलो साता गृहमन्त्री रामबहादुर थापा ‘बादल’लाई समेत थाहै नदिइ एआईजीको दरबन्दी थपेको थियो ।

पोखरेलसँगै उनको ब्याचका सहकुल थापा, धिरजप्रताप सिंह लगायत पनि महानिरीक्षकका लागि दाबेदार मानिएका थिए । तर, सरकारले पोखरेलको एकल बढुवा गरेसँगै अन्यको सम्भावना टरेको छ ।

यसअघि पोखरेल प्रहरी नायब महानिरीक्षक (डीआईजी) मा पनि एक्लै बढुवा भएका थिए । त्यसवेला पनि कनिष्ठ अधिकृतलाई डीआईजी बनाइएको भन्दै आलोचना भएको थियो ।

एआईजीमा पोखरेलको ब्याचबाट एकल बढुवाले अन्यको कार्यसम्पादनसमेत खस्काउने भन्दै प्रहरी प्रधान कार्यालय असन्तुष्ट छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top