×

NEPAL TIMES UPDATES

Playing
ट्रम्पले नेटोलाई फुटाए! बनाए असल र बदमास नेटो सदस्यहरूको सूची || Nepal Times
Apr 23, 2026
Playing
सुकुम्बासी बस्तीमा डोजर चल्ने खबरपछिको तरंग || Nepal Times
Apr 23, 2026
Playing
बालेनलाई पर्खिरहेको जनकपुर चुरोट कारखाना || Nepal Times
Apr 23, 2026
Playing
ओली सरकारले दिएको ११४ रोपनी जग्गा बालेनले फिर्ता ल्याए || Nepal Times
Apr 23, 2026
Playing
काठमाडौंमा विदेशी मन्त्रीहरुको दौडधूप किन बढ्यो? अमेरिका, चीन र भारतको नजर || Nepal Times
Apr 23, 2026
Playing
World News: अमेरिकी क्षेप्यास्त्र भण्डार रित्तो, फोटो खिच्दा ठोक्किए दुई फाइटर जेट || Nepal Times
Apr 23, 2026
Playing
एआईले मान्छेलाई पटमुर्ख बनायो, स्मरणशक्ति खराब पारिदियो || Nepal Times
Apr 23, 2026
Playing
Top 15 Afternoon News || April-23-2026 || Nepal Times
Apr 23, 2026
Playing
संविधान संशोधनबारे हर्कले दिए ९ बुँदे सुझाव, संसदबाहिर बाटै मन्त्री || Nepal Times
Apr 23, 2026
Playing
होर्मुजमा बारूदी सुरूङ हटाउन Americaलाई ६ महिना लाग्ने || Nepal Times
Apr 23, 2026

तीन हजार किलोमिटर सडक मर्मत गरिँदै

१६ मंसिर २०७७

काठमाडौँ: मुलुकभरको गरी तीन हजार तीन सय किलोमिटर सडक मर्मत गरिनेभएको छ । ‘समृद्ध नेपालका लागि सडक, रेल तथा यातायातको विकासको पाँच वर्षे महìवाकाङ्क्षी रणनीतिक योजना’ अन्तर्गत मर्मतको काम थालिएको हो ।

रणनीतिक योजना अन्तर्गत मुलुकको मुख्य सडकको मर्मत कार्य अगाडि बढाइएको सडक विभागका उपमहानिर्देशक भीमार्जुन अधिकारीले जानकारी दिनुभयो । उहाँले मर्मत कार्यक्रम अन्तर्गत बढी ट्राफिक चाप हुने प्रमुख राजमार्ग (कोर रोड नेटवर्क) का सडकमा मर्मत गरिनेछ । यस कार्यक्रमका लागि नीतिगत रूपमा सरकारबाट स्वीकृति प्राप्त भइसकेको छ भन्नुभयो । यस कार्यक्रमका लागि सडकको समेत छनोट भइसकेको र त्यसमा मुलुकका सबै प्रमुख राजमार्ग परेको उहाँले जानकारी दिनुभयो । कम्तीमा दैनिक दुई हजार व्यक्ति आवतजावत गर्ने सडकलाई ‘कोर रोड नेटवर्क’ भन्ने गरिन्छ ।

Advertisement
Advertisement

उहाँले विश्व बैङ्कको ऋण सहयोगमा रणनीतिक सडक कनेक्टिभिटी र व्यापार सुधार परियोजना (स्टार्टिजिक रुट कनेक्टिभिटी एन्ड ट्रेड इम्प्रुभमेन्ट प्रोजेक्ट, एसआरसीटीआईपी) कार्यक्रम अन्तर्गत तीन हजार तीन सय किलोमिटर सडकको आवधिक मर्मत कार्य सुरु गर्न लागिएको हो भन्नुभयो ।

यस कार्यक्रम अन्तर्गत पूर्व–पश्चिम राजमार्ग, अरनिको राजमार्ग, बीपी राजमार्ग, सिद्धार्थ राजमार्ग, पृथ्वी राजमार्ग, मेची राजमार्ग, कोसी राजमार्ग लगायत मुलुकका प्रमुख सबै राजमार्गको मर्मत गरिने उपमहानिर्देशक अधिकारीले जानकारी दिनुभयो ।

‘एसआरसीटीआईपी’ कार्यक्रम अन्तर्गत नै पूर्व–पश्चिम राजमार्ग अन्तर्गतको पथलैया–ढल्केवर–कमला सडकखण्ड र मुग्लिन–नागढुङ्गा खण्डको विस्तार कार्य अगाडि बढाइएको उपमहानिर्देशक अधिकारीले बताउनुभयो ।

उहाँका अनुसार कुल आठ अर्ब रुपियाँको लागतमा सञ्चालन हुन लागेको यस आयोजनामा ७० प्रतिशत विश्व बैङ्कको सहयोग र बाँकी नेपाल सरकारको लगानी रहनेछ । यस कार्यक्रमका लागि अर्थ मन्त्रालय र विश्व बैङ्कबीच सम्झौतासमेत भइसकेको छ । यस कार्यक्रमको समयावधि आर्थिक वर्ष २०७७र७८ देखि पाँच वर्षसम्म रहेको छ ।

चालू आर्थिक वर्षमा तीन सय किलोमिटर सडकको मर्मत गरिने गरी तयारी पूरा भइसकेको बताउँदै उहाँले त्यसका लागि निर्माण कम्पनी छनोट गर्न बोलपत्रको तयारी पूरा भइसकेको जानकारी दिनुभयो । विश्व बैङ्कको सहयोगमा सञ्चालन हुने कार्यक्रम रहेकाले बोलपत्र आह्वान गर्न विश्व बैङ्कसँग छलफल भइरहेको उहाँले बताउनुभयो ।

Advertisement

यो वर्ष कार्यक्रमको तयारी वर्ष भएकाले कम मात्रामा मर्मत कार्य अगाडि बढाइएको उहाँले स्पष्ट पार्नुभयो । सङ्घीय सडक विभाग अन्तर्गत १४ हजार ९९० किलोमिटर रणनीतिक सडक रहेका छन् ।, यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

भर्खरको समाचार

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

काठमाडौंमा चीन vs अमेरिका vs भारतः विदेशी मन्त्रीहरुको दौडधुप किन बढ्यो?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा उभिए हर्क साम्पाङ

harka-sampang-samsad (1)

रविविरुद्धको मुद्दा सुनुवाइको लागि पूर्ण इजलासमा पेसी तोकियो

rabi

होर्मुजमा बारूदी सुरूङ हटाउन अमेरिकालाई ६ महिना लाग्ने

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

रवि र बालेनलाई मिलाउने ’मध्यस्थकर्ता’ को बर्हिगमन

675339936_959607513325933_4791161060987648326_n

इरान युद्धमा एक्लिदै ट्रम्प,अमेरिकी नौसेना प्रमुखको राजीनामा, मृत्युदण्ड रोकियो

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

शनिबारदेखि आइतबारसम्ममा थापाथलीको सुकुम्बासी बस्ती खाली हुने

675179624_957832480170103_1281439396769404877_n

नेता र कर्मचारीको सम्पत्ति जाँचबुझ सुरु,एक वर्षको म्याद, उजुरी दिन सक्ने

1d2d790d-b734-4d90-9100-6c1fa4200379

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

सम्बन्धित खबरहरु

Scroll to Top