×

NEPAL TIMES UPDATES

Playing
बस्तीमा डोजर चलेपछि घेरियो सरकार || Nepal Times
Apr 19, 2026
Playing
अब गरिबको चमेली बोल्दिने कोही छैन् गाउनु नपरोस् || Nepal Times
Apr 19, 2026
Playing
बालेनको हिन्दुप्रति प्रेम छैन्,भारतप्रतिको रवैया ठीक छैन्ः भारतीय धर्मगुरु || Nepal Times
Apr 19, 2026
Playing
राप्रपा पार्टी विघटन गर्न प्रस्ताव, राजेन्द्र लिङ्देमाथि ९ बुँदे आरोप || Nepal Times
Apr 19, 2026
Playing
Top 15 Afternoon News || April-19-2026 || Nepal Times
Apr 19, 2026
Playing
यु द्ध दोहोरिए विश्वव्यापी हुने, Iranले २०२६को नयाँ Missile हान्ने || Nepal Times
Apr 19, 2026
Playing
नेपालबारे कस्तो छ आईएमएफको प्रक्षेपण ?|| Nepal Times
Apr 19, 2026
Playing
होर्मुज आगोझैँ तनाव, जहाजहरू युटर्न, विश्व तेल बजारमा त्रास|| Nepal Times
Apr 19, 2026
Playing
जिल्ला प्रशासनको पुरानो सेवाशैली अब इतिहास बन्ने,अब यसरी हुनेछ सेवा|| Nepal Times
Apr 19, 2026
Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 18, 2026

सलबलाए राजावादी : राजाको पक्षमा शक्ति प्रदर्शन हुँदै

१६ मंसिर २०७७

काठमाडौं : सरकार र व्यवस्थाको विरोधमा सडकमा नाराबाजी लाग्ने क्रम बढ्दो अवस्थामा छ । गणतन्त्रविरुद्ध अहिले सडकमा कडा नारा घन्कन थालेका छन् । ‘राजा आऊ देश बचाऊ’ भन्ने नारा सडकभरि लाग्न थालेको केही समययता दलीय राजनीतिप्रति वितृष्णा पैदा गर्ने क्रम तीव्ररुपमा हुन थालेको छ । सोमबार सक्रिय राजतन्त्रको माग गर्दै माइतीघर मण्डलामा राजावादीहरुले प्रदर्शन गरेका छन् । राष्ट्रिय शक्ति नेपालले आयोजना गरेको ¥यालीमा सयौंको उपस्थिति रहेको थियो ।

राजतन्त्र र हिन्दूराज्यको माग गर्दै आयोजना गरिएको प्रदर्शनमा उपत्यका र वरपरका जिल्लाका युवाहरु सहभागी थिए । संघीयता खारेजीको माग गर्दै राष्ट्रिय झण्डा बोकेर प्रदर्शनमा उत्रिएका राजावादीले ‘राजा आऊ, देश बचाऊ’, ‘हाम्रो राजा हाम्रो देश प्राणभन्दा प्यारो छ’ लगायतका नारा लगाएका थिए ।

Advertisement
Advertisement

राष्ट्रिय झण्डा र पृथ्वीनारायण शाहको तस्वीर अंकित ब्यानरसहित मण्डलामा भेला भएका अधिकांशले धर्मनिरपेक्षताका विरुद्ध नाराबाजी गरेका थिए । विभिन्न स्थानमा भेला भएर महाइतीघर आएका उनीहरुले प्रदर्शनलाई निरन्तरता दिने उद्घोष गरेका छन् ।

दुई तिहाइको नेकपाको सरकारबीच द्वन्द्व चलेको फाइदा उठाउँदै राजावादीको नाममा प्रदर्शन गर्न थालेपछि सरकारमाथि दबाब बढेको छ । ललितपुरको पुल्चोकमा भेला भएका राजवादीले सरकारविरुद्ध नाराबाजी गरेका थिए ।

सरकारको कडा सुरक्षा घेराभित्र रहेको मण्डलामा प्रदर्शन हुँदा राजधानीको सवारी केहीबेर अस्तव्यस्त भएको थियो । प्रहरीले भित्री सडक र करिडोर प्रयोग गरेर यात्रा गर्न अनुरोध गरेको थियो ।

मंसिर २० गते गर्ने बृहत् प्रदर्शनीको तयारी स्वरुप यो प्रदर्शन गरिएको राजावादीहरुले दाबी गरेका छन् । पछिल्लो समय देशका प्रमुख शहरमा राजावादीले प्रदर्शन गरिसकेका छन् । यसअघि रौतहट, नेपालगन्ज, बर्दिया, धनगढी, पोखरा, हेटौंडा, बुटवललगायत दुई दर्जनभन्दा बढी ठूला शहरमा प्रदर्शन गरिसकेका छन् ।

Advertisement

लामो समय चुप लागेर बसेका पूर्वराजा ज्ञानेन्द्रलाई उकास्न राजावादीको नाममा विभिन्न संगठनले प्रदर्शन गरिरहेको सरकारको अड्कल छ ।, याे समाचार नेपाल समाचारपत्र दैनिकमा छापिएकाे छ ।

भर्खरको समाचार

भ्रष्टाचारको दाग नलागेको छविः के विद्या एमालेको’सेफ ल्यान्डिङ’ हुन् ?

848-Bidhya-Bhandati-and-Kp-oli888

भारतीय धर्मगुरुले जनकपुर आएर बालेनप्रति हिन्दुत्वको प्रश्न उठाए

672685743_957034846916533_6009994246569094219_n

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

नेपालको आर्थिक वृद्धिदरमा भारी कटौती, अर्को वर्षमात्रै सुधार

3bf43633-8bfc-4d58-adb0-2c9fd14aebc1

प्रशासनमा अब फाइल बोकेर कोठा धाउनु नपर्ने, एकद्वार प्रणाली लागू

b50ca935-e218-4b61-b637-facd118a9d76

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

सम्बन्धित खबरहरु

Scroll to Top