×

NEPAL TIMES UPDATES

Playing
संसदमा १२ सभापतिलाई तलब, घरभाडा सहित गाडीको सुविधा || Nepal Times
Apr 17, 2026
Playing
चीनतर्फ भारतको एप्पल पाटपुर्जा निर्यात कीर्तिमानी स्तरमा|| Nepal Times
Apr 17, 2026
Playing
आज महान आमाको मुख हेर्ने दिन
Apr 17, 2026
Playing
लेब*नान–इजरा*यल ऐतिहासिक १० दिने यु*द्धविराम, बेरु*तमा उत्सव|| Nepal Times
Apr 17, 2026
Playing
आज र भोलि तराईमा तातो दिन रहने, सतर्कता अपनाउन आग्रह|| Nepal Times
Apr 17, 2026
Playing
आमाप्रति श्रद्धाभाव गरेर औँसी मनाइँदै, थानकोटको मातातीर्थमा मेला || Nepal Times
Apr 17, 2026
Playing
प्रधानमन्त्रीसँग मुख्यमन्त्रीले गरे गाँ जा खोल्ने प्रस्ताव || Nepal Times
Apr 16, 2026
Playing
दिपक खड्कालाई रिहा गर्न सर्वोच्चको आदेश, विदेश जान अनुमति चाहिने || Nepal Times
Apr 16, 2026
Playing
उर्जाका सबै समस्या समाधान गर्न विराजभक्तले कम्मर कसे,रोजगारी र लगानी सुनिश्चित || Nepal Times
Apr 16, 2026
Playing
के पूरक बयानका लागि ओली र लेखकलाई फेरि बोलाइन्छ ? || Nepal Times
Apr 16, 2026

फाइजर र एनबायोटेकको खोपले एक हप्ताभित्रै अनुमति पाउने संभावना

१६ मंसिर २०७७

काठमाडौं: बेलायतले फाइजर र एनबायोटेकले विकास गरेको कोभिड–१९ विरुद्धको खोप लगाउन अनुमति दिने तयारी गरेको छ । फाइजर र एनबायोटेकले विकास गरेको खोपको अनुमति दिने बेलायत पहिलो राष्ट्र हुनेछ ।

दुबै कम्पनीले कोभिड–१९ विरुद्धको खोप लगाउन अनुमति माँगेको केही घण्टाभित्र डिसेम्बर ७ तारिक भित्रै अनुमति पाउने छ । बेलायतको अखबार द नेशनलको अनलाइन संस्करणका अनुसार अमेरिकाले डिसेम्बर ८ देखि १० भित्र खोपको आकस्मिक प्रयोगको अनुमति दिने तयारी गरेको छ । बेलायतका अधिकारीहरुले खोप लगाउन सर्वसाधारणलाई प्रोत्साहन गर्न र विश्वास दिलाउन सेलेब्रिटि परिचालन गरी अभियान नै सञ्चालन गर्नेछ । सर्वसाधारणले विश्वास गरेका अनुहारलाई अभियानको हिस्सा बनाइनेछ ।

Advertisement
Advertisement

म्यान्चेष्टर यूनाइटेडका फुटबलर मार्कस राशफोर्ड र राज परिवारका सदस्यहरु समेत उक्त अभियानमा सहभागी हुनेछन् । राशफोर्डले विद्यालयमा दिइने निशुल्क भोजन अभियानमा सहभागी भई सर्वसाधारणको विश्वास आर्जन गर्नुभएको छ ।

बेलायतका वातावरण सचिब जर्जन ऐस्टिसले चर्चित अनुहारलाई अभियानको हिस्सा बनाउँदा कोभिड–१९ विरुद्धको खोपबारे सर्वसाधारणमा देखिएको भ्रम हटाउन महत्वपूर्ण हुने बताउनुभयो । बेलायतले फाइजर र एनबायोटेकसँग खोपको चार करोड डोज आपूर्ति गर्न सम्झौता गरेको छ । दुबै कम्पनीको कोभिड विरुद्धको खोपको तेस्रो चरणको ट्रायलले ९५ प्रतिशत प्रभावकारी हुने दाबी गरेको छ । उक्त खोप महिना दिनको अन्तरालमा दुई पटक दिइनेछ ।

बेलायतका अधिकारीहरुका अनुसार पहिलो चरणमा स्वास्थ्यकर्मी त्यसपछि नर्सिङ होमका आवासीय कर्मचारी र पछि ८० वर्षभन्दा बढी उमेरका ब्यक्तिमा खोप लगाउने तयारी गरिएको छ । बेलायतको लण्डनस्थित इम्पेरियल कलेजमा एक्सपेरिमेन्टल मेडिसिनका प्राध्यापक पिटर ओपेनशाले दुई साताभित्रै खोप लगाउने अनुमति दिइए आफू चकित नहुने बताउनुभयो ।

स्वयंसेवीहरुलाई खोपको पहिलो डोज लगाउन प्रशिक्षण दिइएको छ । जसका लागि एक हजार सामुदायिक खोप केन्द्रले नियमन गर्ने तयारी गरिएको छ । सरकारले तयारी गरेको कागजातहरुका अनुसार खोप लगाएकाहरुलाई सुरक्षित राख्न ४० देखि ५० वटा रंगशालामा राखेर नियमन गरिनेछ ।

डेली मेलमा बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले आफ्नो लेखमा अबको केही दिनभित्रै खोप लगाइने तयारी भइरहेको खुलाउनुभएको छ । यद्दपी उहाँले कोभिड–१९ सङ्क्रमणको श्रृखंला तोड्न अपनाइएको सर्तकताका उपायहरुमा तात्कालै खुकुलो पार्ने कुनै योजना नरहेको प्रष्ट्याउनुभएको छ ।

Advertisement

बेलायतमा नोभेम्बर पाँचमा लकडाउन गरिए यता कोरोना सङ्क्रमण नियन्त्रण प्रभावकारी देखिएको छ । बेलायतमा आगामी बुधबारसम्म लकडाउन गरिएको छ । इम्पेरियल कलेज लण्डनले जारी गरेको एक अध्ययन बमोजिम लकडाउनले सङ्क्रमण दर ३० प्रतिशतले कमी आएको छ ।गाेरखापत्रबाट

भर्खरको समाचार

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

आज र भोलि तराईमा तातो दिन रहने, सतर्कता अपनाउन आग्रह

Heat,,Thermometer,Shows,The,Temperature,Is,Hot,In,The,Sky,

जन्मदिने आमा र जन्मभूमि स्वर्गभन्दा पनि महान् हुन्छन्

Screenshot 2026-04-17 100512

गृहमन्त्री सुधनको एक्सनदेखि राजीनामा मागिएकोसम्म

666054673_1250746363833654_2093017393456223042_n

अमेरिकी अखडामा हान्न इरानलाई चीनकोे स्याटलाइट सहयोग

108271690-1772409830437-gettyimages-2204438991-AFP_37287VV

बालेन सरकारको प्रतिरक्षामा कलाकार, धनी भएकाले नै अब भ्रष्टाचार हुँदैन

670200642_880540235011019_6960321166116653165_n

युद्ध अन्त्य हुने दाबी, ट्रम्पलाई रोक्ने प्रस्ताव अमेरिकी सदनमा विफल

Screenshot 2026-04-16 124629

डिजल र मट्टीतेल एकैपटक लिटरको ३० रुपैयाँ महँगियो

petrol-pump-india_AFP

सम्बन्धित खबरहरु

४ बैशाख २०८३
Scroll to Top